logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    पक्राउ परेका आयल निगमका हाकिमद्वारा पीडित परिवारलाई धम्की


    ७ भाद्र २०७३ , मंगलबार

    पक्राउ परेका आयल निगमका हाकिमद्वारा पीडित परिवारलाई धम्की

    भैरहवा– जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका नेपाल आयल निगम भैरहवा बितरण केन्द्रका प्रमुख चित्तरन्जन दासका आफन्तहरुले पीडित परिवारलाई धम्की दिने गरेको खुलेको छ ।

    आरोपीका आफन्तले बिभिन्न डर धम्की दिन थाले पछि पिडितले प्रशासनको शरणमा पुगेका छन् । आरोपी चित्तरन्जन दासका साथी, दाजु नाता पर्ने ब्यक्तिहले पिडितको पसल तथा डेरामै आई “किन जाहेरी दिएको, बयान बदल नत्र ठिक हुदैन, रकम लिनु दिनु गरि मिलौ” भन्दै डर त्रास देखाएको पिडित बालिकाका बाबु “जिके” (परिवर्तित नाम)ले भने ।
    यसका साथै विभिन्न नचिने नजानेका मानिसहरुलाई पठाई ज्यान समेत मारी दिनेसम्मको धम्की दिएको कारण पिडित बालिकाका बाबुले जिल्ला प्रशासन कार्यालयमा जिउधन तथा शान्ती सुरक्षाको माग गर्दै निवेदन दर्ता गरेका छन् ।
    पिडित बालिका डेरा गरि बस्ने घरमै बसेका आरोपीका साथी प्रकाण्ड मिश्र, आरोपी चित्तरन्जन दासका नाम नखुलेका दाजु र भैरहवा भन्सार कार्यालयमा क्लियरिङ्गको काम गर्ने जय कुमार चौधरीले पटक पटक धम्की दिने गरेको पिडितका बाबुले बताए ।
    छोरीलाई गलत मनसाय राखी कुकर्म गर्न खोज्ने बिरुद्ध कडा कारबाही हुनु पर्ने उनको अडान रहेको छ । “जति धम्की दिए पनि न्यायको लागी लडि रहन्छु ।” पिडित बाबुले भने ।
    निवेदन दर्ता भए पछि जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नाममा आवश्यक कारवाहीको लागी पत्र पठाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी रामेश्वर कार्कीले घटनाबारे अनुसन्धान भै रहेको बताए । आरोपीलाई जवरजस्ती करणीमा मुद्दा चलाई जिल्ला अदालत रुपन्देहीबाट ५ दिनको म्याद लिएको उनले बताए ।
    धम्की दिएको बिषयमा बिपक्षी बनाईएका प्रकाण्ड मिश्रको मोबाईल नम्बरमा सम्पर्क गर्न खोज्दा उनीसंग सम्पर्क हुन सकेन ।
    गत भदौ ३ गते नेपाल आयल निगम भैरहवा बितरण केन्द्रका प्रमुख चित्तरन्जन दासले १४ बर्षिय बालिका “के” (परिवर्तित नाम) लाई जवरजस्ती करणीको प्रयास गरेका थिए ।
    शुक्रबार राती ९ बजे पिडित शौचालय गएको अवश्थामा उनले जवरजस्ती करणीको प्रयास गरेको पिडितको भनाई छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.