logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    पानी परेसँगै युरियाको प्रयोग बढ्यो


    २० भाद्र २०७३ , सोमबार

    पानी परेसँगै युरियाको प्रयोग बढ्यो

    लुम्बिनीखबर
    भैरहवा, भदौ । मध्य भदौमा विगतका वर्षमा खासै बिक्री नहुने युरिया मल यस पटक भने उल्लेख्य रुपमा विक्री भएको छ ।

    मलखाद आपूर्ती गर्ने कृषि सामग्री कम्पनि लिमिटेड क्षेत्रीय कार्यालय भैरहवाले दिएको जानकारी अनुसार यसै हप्ताको बिहीबार मात्रै १ सय ८० टन युरिया भैरहवा कार्यालयबाट बिक्री भयो । यो तथ्यले के देखाउँछ भने भदौको अन्तयमा सम्म युरियाको बिक्री राम्रो हुने लक्षण देखिएको छ ।
    IMG_9446...
    पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चलका जिल्लाहरुमा मलखाद आपूर्ति गर्ने भैरहवा स्थित क्षेत्रीय कार्यालयसँग अहिले ३ हजार टन युरिया र १ हजार टन डिएपी मौज्दात छ ।

    कार्यालयका क्षेत्रीय कामु प्रबन्धक गोविन्द प्रसाद पराजुलीले दिएको जानकारी अनुसार किसानहरुलाई मलखादको कुनै अभाव नहुने गरी कार्यालयले मलखादको व्यवस्थापन गरिरहेको जनाए ।

    हाल कालिका ट्रान्सपोर्ट काठमाण्डौंले ढुवानीको जिम्मा लिई काम गरिहेको छ । नेपालमा सालाखाला ७ लाख टन मलखाद वार्षिक माग भएता पनि ३ लाख टन मात्रै आइरहेकोले बेला बेला मलखाद अभाव भयो भन्ने स्वर सुनिने गरेको विश्लेषक बताउँछन् ।

    कृषि सामग्रीले सहकारीहरु मार्फत मात्रै मलखादको बिक्री वितरण गर्ने गर्दछ । सहकारीले कृषि सामग्रीबाट खरिद गरेर ल्याएको मलखादमा बढीमा १ सय रुपैया प्रतिबोरा मार्जिन राखी सर्वसाधरण किसानलाई मल बेच्नुपर्दछ ।

    नेपालमा ग्लोबल टेन्डर आह्वान मार्फत मलखादको ढुवानी व्यवस्थापन गरिँदै आएको छ । तेस्रो देशबाट आएको मलखाद कलकत्ता बन्दरगाह हुदैं नेपाल आउने गर्दछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.