logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    २४९ जनाको लागि राष्ट्रिय वाणिज्य बैंकमा जागिर खुल्यो (विज्ञापनसहित)


    २८ भाद्र २०७३ , मंगलबार

    २४९ जनाको लागि राष्ट्रिय वाणिज्य बैंकमा  जागिर खुल्यो (विज्ञापनसहित)

    rbblogo
    भदौ २८

    काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय, क्षेत्रीय कार्यालय र शाखा कार्यालयहरुमा रिक्त रहेका विभिन्न पदका लागि दरखास्त आह्वान गरिएको छ ।

    बैंकको मानव संशाधन विभागले मंगलबार एक सूचना जारी गर्दै खुल्ला प्रतियोगिताबाट २४९ जनाको लागि दरखास्त आह्वान गरेको छ ।

    जसअनुसार सहायक प्रवन्धक ६९ जना, वरिष्ठ सहायक १९ जना, वरिष्ठ सहायक (नगद) ५० जना, वरिष्ठ सहायक (कम्प्युटर अपरेटर) ६ जना, सहायक ५५ जना र सहायक (नदग) ५० जना माग गरिएको छ भने त्यसमासमावेशी सिद्धान्त समेत अवलम्बन गरिएको छ ।

    इच्छुक र योग्य उम्मेद्वारले एक महिनाभित्र तोकिएको स्थानमा दरखास्त बुझाउन सक्नेछन् । यस्तै त्यसपछिको सातदिन भित्र पनि दोब्बर दस्तुर तिरेर दरखास्त बुझाउन सकिने छ ।

    rbb

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.