logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    गृहमन्त्रीको आदेश नमान्दा डिएसपीको सरुवा


    ३ असोज २०७३ , सोमबार

    गृहमन्त्रीको आदेश नमान्दा डिएसपीको सरुवा

    bimalendra-nidhiकाठमान्डौ,असोज ३ । झैझगडामा संलग्न कार्यकर्तालाई छाड्न नमानेपछि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको निर्देशनमा धनुषा प्रहरी प्रमुख रामदत्त जोशी प्रधान कार्यालय तानिएका छन् ।

    गृहमन्त्री निधिकै निर्देशनमा फुलगामा इलाका प्रहरीका इन्चार्ज प्रहरी नायब निरीक्षक धर्मेन्द्र ठाकुर पनि फिर्ता भएका छन् । ठाकुर ढल्के इलाका प्रहरीमा तानिएका छन् ।‘कुटपिटमा संलग्न आफ्ना कार्यकर्ता छुटाउन गृहमन्त्रीको दबाब आएको थियो,’ प्रहरी स्रोतले भन्यो,’ आफ्नो आदेश नमाने माथिकै अधिकारालाई कारबाही गर्ने चेतावनी दिएपछि बाध्य भएर एसपी फिर्ता गरिएको हो ।’

    गृहमन्त्रीले कार्यभार सम्हाल्दै गर्दा सुरक्षा अधिकारीलाई निर्देशन दिँदै गलत हस्तक्षेप नगर्ने प्रतिवद्धता जनाएका छन् ।फुलगामाका नेकपा एमालेका एक कार्यकर्ता इन्द्रकान्त रायलाई कुटपिट गर्ने नेपाली कांग्रेसका रामचन्द्र रायलाई पक्राउ नगर्न निधिले निर्देशन दिएका थिए ।

    तर, धनुषा प्रहरी प्रमुख जोशीलको निर्देशनअनुरुप ठाकुरले आरोपित राचन्द्रलाई पक्राउ गरी अनुसन्धान अघि बढाएका थिए ।कारोबार वाट

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.