
नरेश के.सी.
भैरहवा, असोज ५ । जिल्लाको सबैभन्दा पुरानो अस्पताल भीम अस्पताल भैरहवामा एम्बुलेन्स सेवा शुरुवात भएको छ ।
अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्सको बुधबार एक कार्यक्रमका बीच बैदिक विधी मार्फत पुजापाठ गरी अस्पताल विकास समितीका अध्यक्ष हितराज पन्थिले शुभारम्भ गरेका थिए ।
विक्रम सम्बत १९९० सालमा स्थापना भई सन्चालनमा आएको उक्त अस्पतालले दशकौंदेखी एम्बुलेन्स सन्चालन खोजेता पनि सकेको थिएन । अस्पतालमा दशकौंदेखी चालकको दरबन्दी रही नियमित तलब खादै आएका थिए । एम्बुलेन्स सन्चालनसंगै दशकौं सम्म बेकामे बनेका चालकले पनि काम पाएका छन् ।

भारत सरकारले गणतन्त्र दिवसको अवसरमा सहयोग स्वरुप उक्त एम्बलेन्स अस्पताललाई प्रदान गरेको थियो । २४ औं घण्टा सन्चालनमा आउने उक्त एम्बुलेन्समा सुविधा सम्पन्न हनेछ । सो एम्बुलेन्सको सुविधा प्राप्त गर्नकोलागी ०७१५२०१९३ र चालकको नम्बर ९८४७०२०४९१ मा सम्पर्क गर्न सकिने अध्यक्ष पन्थिले जानकारी दिए ।
एम्ब्ुलेन्सको पक्कीमा प्रति किलोमिटर ४० रुपैंया र कच्चीमा प्रति किलोमिटर ६० रुपैंया लिनेगरी तय गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा हाल ६० बेड सन्चालन भइरहेको छ ।
एम्बुलेन्स सेवाको शुभारम्भ गर्दै अध्यक्ष हितराज पन्थि, मेसु डा. अनन्त कुमार शर्मा । तस्वीर ः दीपक परियार