भैरहवां, असोज । आपूर्ति मन्त्री दीपक बोहोराले बढ्दो कालोबजारी र ठगी प्रवृत्तिलाई निरुत्साहित गर्नको लागि कडा नीति निर्माण गरिएको जानकारी दिएका छन ।
उनले उपभोक्तालाई ठग्नेहरुको लागि २० लाखसम्मको जरिवाना गरिने नयाँ नीतिले कालोबजारी नियन्त्रण हुने विश्वास व्यक्त गरे ।
मन्त्री दिपक बोहोराले दशैँ तिहार र छठ पर्वलाई लक्षित गरेर ठाउँठाउँमा तोकिएको सुपथ मूल्य पसलले उपभोक्तालाई निकै सहयोग गरेको बताउदै उपभोक्ता ठग्नेलाइ कारवाही गनुपर्ने बताए ।
उनले पत्रकारहरूसँग कुरा गर्दै उपभोक्तालाई ठगेर बढी मूल्यमा खाद्यान्न विक्री गर्ने र कालोबजारी गर्नेलाई ५ लाख देखि २० लाख सम्म जरिवाना गर्ने बताएका हुन ।
मन्त्री बोहोराले कसैले कालोबजारी जस्तो जघन्य अपराध गरेमा व्यापारीको दशैँ नराम्रो हुने र जरिवानासहित जेल सजाय हुने चेतावनी पनि दिए ।