logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    सभामुख घर्तिको गाउकी महिला जीवन र मृत्युको दोसांधमा


    २० कार्तिक २०७३ , शनिबार

    सभामुख घर्तिको गाउकी महिला जीवन र मृत्युको दोसांधमा

    १३ वर्षिय विरामी कुरुवा विनिता भैरहवामा  एकाएक गायब भएपछि हंगामा
    .
    भैरहवा, कार्तिक २० ।  संसदको सभामुख ओनसरी घर्तिको निर्वाचन क्षेत्रकी महिला आर्थिक अभावको कारण उपचारमा समस्या आउदां अहिले जीवन र मृत्युको दोसांधमा छिन् ।

    sabaltern-news-3
    माओवादी जनयुद्धको उर्वरथलो रोल्पाको थबांग गाऊ युद्ध पर्यटनकोलागी पनि प्रख्यात ठाऊ हो । सोही ठाऊबाट माओवादी जनयुद्ध शुरु भएसंगै जनयुद्धका कमान्डर प्रचण्ड अहिले मुलुकको कार्यकारी प्रधानमन्त्री छन् । नन्दबहादुर पुन उपराष्ट्रपति छन् भने पछिल्लो पटक सोही क्षेत्रबाट निर्वाचित ओनसरी घर्ति सभामुख छिन् । यतिमात्र होइन माओवादी छाडेर विप्लप माओवादी गठन गरेको नेकपा माओवादी विप्लप समुहको मुख्य हर्ताकर्ता सन्तोष बुढामगर सोही गाऊका हुन् ।
    अघिल्लो पटक प्रधानमन्त्री बन्दा मुलुककै नमूना गाऊको रुपमा थबांगलाई विकसीत गर्ने  भनेर प्रचारबाजी गर्दै हिडेंका प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड पुनः सरकारको कमाण्ड सम्हालीरहेको बेला सोही गाऊकी महिला आर्थिक अभावको कारण प्रायाप्त उपचार नपाउदां अहिले अस्पतालको बेडमा जीवन र मृत्युको दोसांधमा छिन भन्दा अपत्यारिलो हुन सक्छ । तर घटना यर्थात हो । थबांग गाविस वडा नम्बर ८ झकिबांगकी सुनकुमारी नेपाली असोज २६ गते सांझ आफ्नै श्रीमानबाट मरणासन्न हुनेगरी कुटिन पुगिन् । उनीहरुको झगडाको कारण रोल्पा प्रहरीले अुनसन्धान गरिरहेको जनाएको छ ।  उनी कुटिएपछि स्थानिय थबांग इलका प्रहरीले उनलाई उद्धारगरी स्थानिय  घर्तिगाऊ अस्पतालमा उपचारगरी थप उपचारकोलागी युसीएमएस भैरहवामा रिफर गर्यो । युसीएमएसमा विगत २२ दिनदेखी उपचारत नेपाली अहिले सम्म अर्धचेत अवस्थामा छिन् ।
    उपचारका क्रममा घरतिरबाट क्रृण काढेर ल्याएको पैसा सकिएपछि आमाको कुरुवा बसेकी १३ वर्षिय नाबालिका बिनिता नेपाली यतिबेला इन्तु न चिन्तु भएकी छन् । थबांगकै विरबलभद्र उच्च माविको कक्षा ६ मा अध्ययनरत विनिता यतिबेला अर्धचेत अवस्थाकी आमाको छेऊमा बसेर टोलाहिरहेकी छन् ।
    युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवा (युसीएमएस)को न्यूरो वार्डको १३ नम्बरमा अक्सीजनको सहारामा अहिले सम्म जीवित रहेकी आमाको पीडा सहन नसकेर विनिता ३ दिन पहिले आफन्तको सहयोग खोज्दै कसैलाई थाहै नदिई अस्पतालबाट एकाएक गायब भएपछि अस्पतालमा हंगामा नै मच्चियो । पछि अस्पताल प्रसाशनले विनितालाई खोजतलास गर्दै जादा बुटवलमा फेला पारी पुनः अस्पतालमा ल्याई विरामी आमाको कुरुवा बस्न लगाएको छ । जीवन र मृत्युको दोंसाधमा पुगेकी आमालाई छाडेर नालबालिका विनिता किन भागीन त भनी हामीले बुझ्दै जादा  पैसाकै कारण रहेछ ।
    हामी अस्पतालमा पुग्दा आमालाई छाडेर भागेकी विनिता अस्पतालकै मान्छेसंग विरामी आमा तर्फ आउदै थिईन ् । उनी आफ्नी विरामी आमालाई छाडेर जानुको कारण धेरैबेर सम्म नखुलाएपछि हामी हिड्नै लाग्दा भने सविस्तार बताईन ् । गहभरी आशूं पार्दै उनले भनिन “गाऊबाट आउदा ३० हजार लिएर आएको हो । दाईले २० हजार पठाईदियो । अब पैसा नी छैन । कसरी उपचार गर्ने ? ”
    एक्लै होसहवास नै नभएकी आमालाई कुर्दाकुर्दै चिन्तीत भएर एकाएक आफन्तकोमा गएको पनि उनले बताइन ् । उनको जेठोबुबाको बुहारी नाता पर्ने बुटवल बुद्धनगरमा बस्दा रहेछन् । भाउजुको घरमा बसेर आएकी विनिताले अगाडी भनिन “यहांबाट सरहरु गएपछि भाउजुले ५ सय रुपैयां दिएर पठाउनु भएको छ । ”
    विनितालाई खोज्दै युसीएमएसका मान्छेहरु बुटवल पुगेका थिए । विनिताको खोजिमा संलग्न अस्पताल प्रसाशन संयोजक तेज कुमार के.सी.ले भने “हामीले औषधी पनि निशुल्क गरिरहेका छौं । उनीहरुले शुरुमा ११ हजार जम्मा गरेका हुन् त्यसपछि सबै औषधी उपचार उधारों गरिरहेका छौं तर विरामी कुरुवा नै भागेपछि समस्या भएकोले खोजेर ल्याएका हौं । ”
    अस्पतालले सुनकुमारीको उपचारमा कुनै कमी हुन नदिने बताएको छ । सरसर्ति हेर्दा औषधीहरु पनि निशुल्क दिईरहेको देखिन्छ तर अहिले सम्म अर्धचेत अवस्थामा रहेकी विरामीको बारेमा प्रहरी केश हुदैं रोल्पाबाट रिफर गरिएता पनि प्रहरीले कुनै चासो व्यक्त नगरेकोमा भने अस्पताल प्रशासनले गुनासो गरेको छ ।
    सो सम्बन्धमा हामीले जिल्ला प्रहरी कार्यलय रोल्पाका प्रमुख डिएसपी रामप्रसाद घर्तिमगरलाई फोन सम्पर्क गरी बुझ्दा उनले प्रहरीले सबै अपडेट राखेको ठाडो जवाफ दिए । प्रहरीले प्रहरी केश मार्फत आएको विरामीको थप उपचारमा सक्रियता देखाउनु पर्नेमा कुनै चासो व्यक्त नगरेकोमा अस्पताल प्रसाशन समेत आश्चर्य चकित भएको छ । प्रशासन संयोजक के.सी.ले भने “पुलिस केश मार्फत आएको विरामीको बारेमा प्रहरीले घन्टा घन्टामा के भइरहेको छ भन्दै चासो व्यक्त गर्दछ तर यो केश मात्रै होला जसको बारेमा अहिले सम्म रोल्पाबाट कुनै खोजीनिती भएको छैन । ”

    sabaltern-news-1
    रोल्पा प्रहरीका अनुसार जिल्ला सदरमुकाम देखी ७२ किलोमिटर टाढा रहेको थबांगमा भएको सो घटनाका आरोपीत सुनकुमारीकै श्रीमान धुब्र नेपाली र जाला नेपालीलाई ज्यान मार्ने उद्योग अन्र्तगत मुद्धा चलाएर पुर्पक्षकोलागी थुनामा राखिएको छ । असोज २६ गते भएको उक्त घटनामा घाइते भएकी सुनकुमारीका एक छोरा र एक छोरी रहेका छन् । गाऊका विपन्न किसान परिवारकी नाबालीका विनिता असोज २८ गते ठूलो बुबाको छोरी र काका संगै आमालाइ लिएर भैरहवा आएकी थिइन् । तर पछिल्लो चरणमा आफन्तहरुले समेत सहयोग गर्न छाडेपछि उनी थप चिन्तीत हुदैं गएकी छन् ।
    टाउकोमा र गिजा तथा दांतमा गम्भिर  चोटका कारण अझै सम्म आखां नखोलेकी आमाको दिसा पिसाब स्याहर्नमै व्यस्त विनिता खल्तीमा भएको ५ सय रुपैयांले आमाको उपचार पुरा होला त भनि हामीलाई आशुं झार्दै सोध्न पुगिन् ।
    अस्पताल स्रोतका अनुसार अस्पतालमा उनको करिब ३५ हजार तिर्न बाकि भएता पनि अस्पतालले उनको उपचारमा रोक लगाएको छैन । तर पनि बाल मनोविज्ञानमा पैसा नभएपछि उपचार नहुने र आफुले खाना पनि कहांबाट खाने भन्ने चिन्ताले विनिता अहिले अत्यन्तै पीडित बनेकी छन् ।
    थबांग गाऊ जहां पहिलो संविधान सभा  निर्वाचनमा प्रचण्डको पक्षमा  अत्याधिक मत खसेको  थियो । तर दलहरुप्रतिको आक्रोसको कारण सो क्षेत्रबाट दोस्रो संविधानसभा निर्वाचनमा एक मत खसेन । थबांगबासीले सो निर्वाचन नै बहिस्कार गरे । यसरी जनयुद्धको  उर्वर थलो  नेपाली राज्यक्रान्तिको ऐतिहासीक भूमि थबांगमा अहिले पनि महिला हिंसा यसरी बढेर गएको छ की जहां महिलालाई मरणासन्न हुनेगरी कुटपीट गरिन्छ । महिलाहरुलाई दास बनाइन्छ तर सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएर संसदमा पुगेकी सभामुख ओनसरी घर्ति भने महिला अधिकार र कानुनका दफा उपदफाका पाना पल्टाउनमै व्यस्त छिन् । माडिचौंरकी ओनसरी संसदमा सांसदहरुलाई रुलिंग गर्दै गर्दा थबांगकी सुनकुमारी आफ्नै श्रीमानको मरणासन्न हुनेगरी पाएको पीडासैगैं युसीएमएसको १३ नम्बर बेडमा मृत्यु र जीवनसंग जुधिरहेकी छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.