logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    मावि सञ्चालन गर्न देउसीभैलो खेलेर रु. ५ लाख सङ्कलन


    २२ कार्तिक २०७३ , सोमबार

    मावि सञ्चालन गर्न देउसीभैलो खेलेर रु. ५ लाख सङ्कलन

    पाल्पा, कात्र्तिक २२ । पाल्पा जिल्लाको मुझुङ्ग गाविस–२, बगैचास्थित कालिका माविका शिक्षक विद्यार्थीहरुले देउसी भैलो खेलेर पाँच लाख रुपैयाँ संकलन गरेका छन् ।
    मावि तहको कक्षा ११ र १२ कक्षा सञ्चालनका लागि मुझुङ्ग गाविसभित्रका प्रत्येक घरधुरीमा देउसी भैलो खेलेको विद्यालयले जनाएको छ ।
    विद्यार्थीहरुले अध्ययन गर्ने विद्यालयमा कक्षा दश सम्म पढाई सञ्चालन भएपनि मावि तहका दुई कक्षा सञ्चालन हुन नसक्दा विद्यार्थीहरु अन्यत्र जानुपर्ने बाध्यता रहेको विद्यालयका प्रअ जनार्दन पाण्डेयले जानकारी दिनुभयो ।
    मावि सञ्चालनका लागि देउसी भैलो खेल्दा गाविसबासीले पाँच सय देखि १२ हजार सम्म आर्थिक सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ । वडा वडामा देउसी भैलो खेल्दै शिक्षक र विद्यार्थीहरु पुग्दा स्थानीयबासिन्दा खुसी देखिएका थिए ।
    ०५६ सालमा कक्षा १० सम्मको पढाई हुदै आएपनि एसएलसी पछिको पढ्न  यहाँका विद्यार्थीहरु छहरा, पालुङ्गमैनादी गाविसमा धाउनुपर्ने बाध्यता रहेको छ । मावि तहमा प्राविधिक विषयको पठनपाठन गर्न सकेको अवस्थामा अझै राम्रो हुने प्रअ पाण्डेयको भनाई छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.