logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    कृषिको मोबाइल सूचना कत्तिको प्रभावकारी ?


    २७ कार्तिक २०७३ , शनिबार

    कृषिको मोबाइल सूचना कत्तिको प्रभावकारी ?

    krishi
    लुम्बिनीखबर
    भैरहवा, कार्तिक २७ । प्राय ः दैनिकजसो रुपन्देहीका पत्रकारहरुको मोबाईलमा एउटा एउटा म्यासेज आउने गर्दछ । कृषि इन्फरमेसनको नाममा आउने सो कृषि टिप्सको बारेमा आजभोली निकै चर्चा हुने गरेको छ ।

    कहिले मौसम सफा छ, ढुक्क भएर बाली भित्राउनुस्, कहिले बाख्रामा खोरेत रोग लागेको बेला मुखको घाऊलाई मनतातो पानीले सफा गरिदिनुस्, कहिले आलुमा खुम्रे किरा लागेमा राम्ररी पाकेको बुर्बराउँदो गोबर मल प्रयोग गर्नुहोस जस्ता धेरै कृषि टिप्सहरु आउने गर्दछन् ।

    त्यस्ता टिप्सहरु विगत केही महिना यता रुपन्देहीका पत्रकारहरुको नम्बरमा म्यासेजका रुपमा आउने गरेको हो । त्यही प्रकृतिका टिप्स जिल्लाका करिब डेढ सय किसानको मोबाइलमा पनि जाने गर्दोरहेछ ।

    आधुनिक प्रविधिको विकाससँगै किसानहरुलाई नयाँ प्रविधि र तत्कालको जलवायुको बारेमा जानकारी होस् भन्ने ध्ययेले सन्चालन भएको कृषि सूचना जिल्लाका सबै किसानहरुलाई पु¥याउने गरी तयारी थालेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ अधिकृत भोजराज सापकोटाले जानकारी दिए ।

    कृषि कार्यालयले मोबाइल नै बाँडेर सो सेवा दिने लक्ष्य राखेको छ । सापकोटाका अनुसार विपन्न र उत्कृष्ट किसान छुट्टाएर मोबाइल समेत बाँडिन लागेको उनले बताए ।
    जिल्लामा कृषितर्फका किसानलाई ३८ जना, पशुतर्फका किसानलाई ३० जनालाई मोबाइल वितरण गर्न लागिएको हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.