logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    युथद्वारा स्वास्थ्य शिविर सञ्चालन


    २७ कार्तिक २०७३ , शनिबार

    युथद्वारा स्वास्थ्य शिविर सञ्चालन

    fb_img_1478949814750
    गोविन्द प्रसाद गिरी
    भैरहवा, कात्तिक २७ । लायन्स क्लब अफ सिद्धार्थनगर युथद्वारा वृहत रुपमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

    क्लबले शनिबार भैरहवा स्थित बहिरा बाल उमावि पक्लिहवाको प्राङ्गणमा वार्षिक कार्यतालिका बमोजिम सातौँ कार्यक्रम सम्पन्न गरेको हो ।

    प्रमुख अतिथि भीम अस्पताल विकास समितिका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. अनन्त शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संयोजन क्लबका डाइरेक्टर लायन प्रशान्त श्रीवास्तवले गरेका थिए ।

    दिव्या हेल्थ क्लिनिक प्रा.लिको सहयोगार्थ उक्त कार्यक्रममा बहिरा बाल उमाविका प्रधानाध्यापक दिलमाया थापा, चिकित्सकको तर्फबाट डा. सरस्वती पाण्डेले शुभकामना मन्तव्य व्यक्त गर्दै विपन्न वर्गका जनसमुदायलाई एकीकृत गरी स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गराएको भन्दै क्लबको प्रशंसा गर्नुभएको थियो ।

    लायन्स क्लब अफ सिद्धार्थनगर युथ खुलेको छोटो अवधिमा नै एउटा लियो क्लब अफ भलबारी युथको स्थापना गर्ने जमर्को गरेको छ । सोही कार्यक्रममा लियोका ईच्छुक कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

    सोही कार्यक्रममा बाल बहिरा उमाविका सम्पूर्ण विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य परीक्षण तथा सिद्धार्थनगर नगरपालिका र आसपासका छिमेकी गाविसहरुबाट पिछडिएका निम्न आय भएका विपन्न वर्गका ६ सय ४१ जना सर्वसाधारणहरुको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरिएको थियो ।
    fb_img_1478952480926
    दिव्या हेल्थ क्लिनिक प्रा.लिका म्यानेजिङ डाइरेक्टर धु्रवचन्द्र ठाकुरले शुभकामना व्यक्त गर्दै गरिब तथा विपन्न समुदायका सम्पूर्ण व्यक्तिहरुलाई स्वास्थ्य परीक्षण पश्चात आवश्यक पर्ने औषधी उपचारार्थ लाग्ने खर्चलाई सरलीकरण गरिदिने र आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गरी क्लबले गरेको कार्यलाई पूर्ण सफलताका साथ आफ्नो सहयोग रहने भन्दै मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

    लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष लायन विनोद खरेल, समाजसेवी ओम जैसी, डा. अमित प्रकाश श्रीवास्तव, डा. मिथिलेस मण्डल सहभागी उक्त कार्यक्रम क्लबका संस्थापक अध्यक्ष लायन अर्चित श्रेष्ठको अध्यक्षता, क्लबका सचिव लायन धिरज मल्लिकको संचालन तथा ध्वजाको अभिवादन  क्लबका डाइरेक्टर लायन निकेशदेव हटुवालले गरेका थिए ।
    आगामी दिनमा युथले रक्तदान, अन्तरलाइन ब्याडमिन्टन प्रतियोगिता, निःशुल्क आँखा शिविर तथा निःशुल्क योग गरौँ, निरोगी बनौँ भन्ने नारासहित वृहत योग शिविर संचालन गर्न गइरहेको र क्लब स्थापनाको प्रथम वर्षमै युथबाट प्रथम पटक आफ्नो कार्यकालको प्रथम वर्षमा नै अध्यक्ष लगायत १२ जना चार्टड मेम्बरहरु सहित लायन्स अन्र्तराष्ट्रियबाट आयोजित अन्र्तराष्ट्रिय इशामी सम्मेलन श्रीलंकामा हुन गइरहेको कार्यक्रममा सहभागी हुने क्लबका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.