
अमेरिकी जनताहरुले डोनाल्ड ट्रम्पलाई राष्ट्रको सर्वोच्च पदमा पु¥याए, उनको चुनाव अभियान, उनीमाथि लागेको आरोप आदि इत्यादि बयान विभिन्न मिडियाहरुमा भए, आँकलन विश्वले गरेको थियो, तर त्यो धरासायी भयो । किन ??
यस किन ? को प्रश्न हामी (नेपाली ) तिर पनि सोझिएको छ । राष्ट्रवादी हिलारी क्लिन्टन हुन् कि डोनाल्ड ट्रम्प ? यसको उत्तर नेपाली राजनेताहरुले खोज्नुपर्दछ । तर म भन्छु, “दुवै राष्ट्रवादी हुन् ।”
नेपाली राजनीतिमा एक दलले अर्को दललाई अराष्ट्रिय भन्ने सोच नै वर्तमान अवस्थाको र्दुव्यवस्था हो । हो ! चुनावी अभियानमा एक अर्कोलाई आरोप प्रत्यारोप लगाएर जनतालाई आफुतर्फ आकर्षित गर्न सकिन्छ । तर चुनाव जिती सकेपछि त्यसलाई स्वीकार गर्दै अंकमाल गर्नुपर्दछ ।
डोनाल्ड ट्रम्पले विजय हासिल गरेपछि बाराक ओबामाले ह्वाइट हाउस मा स्वागत गरे । अमेरिकीहरु कति जनमतको सम्मान गर्छन् भन्ने कुरा हाम्रा मधेसवादी दल, कांग्रेस, एमाले, एमाओवादीले किन नबुझ्ने ? किन ?
डोनाल्ड ट्रम्पको विजयले नेपाललाई के असर पार्ला ?? यो अहम् सवाल आज नेपाली जनमानस बीच (विशेष गरी नेता र आप्रवासी नेपाली) ठूलो हाउगुजी भएको छ । यो हाउगुजी किन छ ? र किन हुन्छ ?? यसैमा यो लेख केन्द्रित हुनेछ ।
ट्रम्प राष्ट्रवादी नेता हुन् बाराक ओबामा पनि राष्ट्रवादी हुन्, जनताले अभिमत दिएपछि राष्ट्रहितमा काम गर्दछन्, चाहने गोली नै किन खान नपरोस् (अब्राहम लिंकन, जोन एफ केनडी) आजको अवस्थामा राष्ट्रिय हितलाई सर्वोपरी मान्ने नेताहरु हामी माझ कति छन् ? यसको लेखाजोखा गर्ने समय आएको छ । नीरिह, लाचार, डरपोक र पार्टीका झोले कार्यकर्ता भएको मुलुकमा राष्ट्रियता, स्वाभिमान र आत्मसम्मान कसरी उच्च हुन सक्छ ? कसरी ? डोनाल्ड ट्रम्पको विजयले विश्वमर उथल पुथल आयो, अमेरिकामा नै उनको विरुद्धमा जुलुसहरु भए तर त्यसको के अर्थ हुन्छ ? लोकतान्त्रिक मुलुकमा ? अमेरिकी मात्र होइन्, विश्वभरका संचार माध्यमहरु स्तब्ध भए, ट्रम्प कसरी विजयी भए ?? उनी विजयी हुनका केही कारणहरु पनि रहेका छन् ।
यस्ता थिए ट्रम्पका प्रतिबद्धता ः
–अमेरिकालाई महान बनाउने ।
–मेक्सिको र अमेरिकामा पर्खाल निर्माण ।
–अमेरिकामा मुसलमान प्रवेशमा रोक
– गैर कानुनी रुपमा रहेका आप्रवासीहरुलाई अमेरिकामा नराख्ने ।
डोनाल्ड ट्रम्पले विजय हासिल गर्लान् भनेर कसैलाई विश्वास थिएन ।
त्यतिमात्र होइन उनले सिनेट र प्रतिनिधि सभामा पनि बहुमत ल्याउँछन् भन्ने कुरा त कसैले पनि कल्पना गरेका थिएनन् । अमेरिकी इतिहासमा उनी सबैभन्दा शक्तिशाली शासक भएका छन् । विश्वका शक्तिशाली शासक बन्ने हैसियतमा छन् ।
लोकतन्त्रको सुन्दर पक्ष यही त हो, जनताको अभिमत लिएर सत्ताको बागडोर सम्हाल्दै मुलुकलाई गन्तव्यतिर लाने । अमेरिकामा ट्रम्प विजयले नेपाललाई के प्रभाव पालाए ?? यसको उत्तर खोज्नु भन्दा पहिले हाम्रा महान नेताहरुतिर नजर लगाउन जरुरी हुन्छ ।
यसै आरोप त लगाउन हुन्न, तर आफूले गरेका सन्धि र सम्झौताहरु कुनै हालतमा पनि पुरा गर्नैपर्छ । आज एउटा कुरा भोली फेरी अर्काे ?ः हङकङ (सय वर्ष) सम्म लिजमा रह्यो, अहिले चीनको अधीनमा छ । तिब्बत चीनका अभिन्न अंग हो, चीनलाई यसैको चिन्ता छ । चिनियाँ चिन्तालार्ई हाम्रा नेताज्यूहरुले कत्तिको आत्मसात गर्न सक्नुहुन्छ ? गर्नुभएको छ ?
रसियाले अठारौँ शताब्दीमा अलास्कालाई प्रति हेकर २ आउन्समा बेच्यो, तर रुसी कम्युनिष्टहरु यो कुरा किन राष्ट्रसंघमा लाँदैनन् ? आखिर किन ? सम्झौता र समझदारी नबुझेर नै हामी विश्व मानचित्रमा पछाडि छौँ ।
डोनाल्ड ट्रम्पले विजय हासिल गरेपछि इयू (युरोपियन युनियन), रसिया, चीन र नेपालमा तरङ्ग उत्पन्न भएको छ । अन्य मुलुकमा आएको तरङ्ग भन्दा पनि आफ्नै मुलुकमा आएको तरङ्ग उल्लेख गर्नु उपयुक्त होला ।
नेपालमा तरङ्ग ः नेपाली सत्ताधारीको जरो थाहै हुँदैन, दक्षिणको र उत्तरको अवधारणालाई आत्मसात नगरी मुलुकले गन्तव्य नै पाउन्न । उत्तर पनि (चीन) नेपालसँग रुष्ट छ । त्यसैकारण ‘मितेरी पुल’ बन्द गरेको छ । उसको सुरक्षा चिन्तालाई नेताहरुले चिर्नै सकेनन् ।
मूल समस्या उत्तरी चीन र दक्षिणी भारतलाइ डोनाल्ड ट्रम्पले कुन दृष्टिले हेर्दछन्,उत्तर या दक्षिण ?? त्यसमा पनि नेपाल नीति अमेरिकाले निर्धारण गर्ने हो । डोनाल्ड ट्रम्पका लागि (शक्तिशाली राष्ट्र) नेपाल एउटा सामरिक हिसाबले महत्वपूर्ण राष्ट्र हो ।
यस भूमिबाट उत्तर र दक्षिण दुवैतिर निगरानी हुन सक्छ, यस हिसाबले सँधै लड्ने, कचकच गर्ने, एक अर्कोलाई हिलो छ्याप्ने नेताहरु, भ्रष्ट प्रशासन तन्त्र, राजनैतिक दलका कठमूल्लाहरु, अनि नीरिह जनताहरु ! यस अवस्थामा हामी माथि जसले पनि जम्प गर्न सक्तछन् । नेताहरुलाई चेतना भया ।
डोनाल्ड ट्रम्पको नेपाल नीति के होला ? भनेर आम नागरिक, आप्रवासी नेपाली र राजनैतिक दलका नेताहरुको मनमा पक्कै प्रश्न उब्जिएको हुनु पर्छ । अमेरकाले (जो सुकै राष्ट्रपति भए पनि) नेपाल सन्दर्भलाई हेदाए चीन र भारतसँग गाँसेर हेर्छ, व्यक्तिगत निर्णय भन्दा पनि दक्षिण एसिया हेर्ने अमेरिकी कूटनीति नै यसमा हावी हुन्छ, त्यस अर्थमा पनि नेपाल हेर्ने अमेरिकी कूटनीतिक डेस्कले निर्णय गर्छ । यो निर्णय हचुवाको भरमा गर्दैन ।
अमेरिकाको चीन र भारतसँगको सम्बन्ध अनि नेपालको झुकावको पनि अवश्य हेक्का राख्तछ ।
नेताज्यूहरुले मः मः गर्नु होला । राष्ट्रलाई सर्वोच्च मानेर तपाईहरुको एकता (संविधान निर्माण) वर्तमान सम्म कायम हुन सकेन । मधेसवादी दलका नेताज्यूहरुलाई पहाड र हिमालसँग किन घृणा ? यस अर्थमा पनि कहीँ न कहीँ हाम्रा नेताज्यूहरु चुक्नुभएको छ ।
कमजोर मुलुक, कमजोर जनता भएको यस भूमिलाई अमेरिकाले कुन आँखाले हेर्ला ? कम से कम यो अवस्थामा सबै नेताहरु (तराई, पहाड, हिमाल) एक ठाउँ उभिन सकिन्न र ? अफगानिस्तान, इरानको उदाहरण दिनु उपयुक्त नहोला तर वर्तमान अवस्थामा उग्र राष्ट्रवाद र फितलो विदेश नीतिले थिलथिलो भएको छ, देश……।।।