
नरेश के.सी.
भैरहवा, मंसिर ७ । मुलुकको पहिलो पीढिं राजनितीक खिचातानीमा केन्द्रित भइरहेका बेला हो । सांसदहरु आफ्नै तलब भत्ता बृद्धि गर्दै आफ्नै हात जगन्नाथ को काम गरिरहेका समय हो
अर्कोतर्फ महाभुकम्पबाट पीडितहरुले मंसिरे सिरेठोमा रातको जून हेर्दै पालमुनी शितको थोपा गन्दै विहानैको सुख्रो कुरिरहेको बेला शान्तिभूमि लुम्बिनीका केही समाजसेवीहरु ‘स्वार्थ भन्दा माथि सेवा’ भन्ने नारालाइ आत्मसाथ गर्दै गोलबन्द भएका छन् ।

बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्र बनाएर स्थापना भएको ‘रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी’को पदस्थापन तथा चार्टर सेरोमोनी जे देखियो त्यसले जनताको पसिनाको कमाईबाट तलब खाने सांसदहरुलाई झटारो हान्यो ।
ती सांसद जसले जनताकोलागी भन्दा आफ्नै स्वार्थ र सुविधामा एक मत भएर ताली बजाए तर गरिब र विपन्न एवं प्राकृतिक विपत्ति पिडीतहरुको विषय उठ्दा बहस गरिरहे ।

‘रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी’ को स्थापनामा भैरहवा क्षेत्रका समाजसेवी व्यक्तित्वहरुको सहभागीता रहेको छ । पद्स्थापन कार्यक्रममा प्रमुख अतिथी रोटरी ईन्टरनेशनल डिष्ट्रीक ३२९२ नेपाल –भुटानका गभर्नर जया राज्य लक्ष्मी शाहले नँया क्लबका अध्यक्ष बिमल सेञ्चुरीलाई तथा अध्यक्ष सेञ्चुरीले पदाधिकारी तथा सबै सदस्यहरुलाई पदको सपथ गराउनु भएको थियो भने गभर्नर शाहले ४३ जना सबै सदस्यलाई रोटरी पिन लगाईदिदै रोटरी परीवारको सदस्य भएको घोषणा गर्नु भयो । उहांले समाजसेवामा लाग्ने प्रण गरेकोमा सबै सदस्यलाई बधाई ज्ञापन पनि गर्नुभयो ।
कार्यक्रमको प्रथम सत्रको अध्यक्षता गर्नु भएका स्पोन्सर क्लब रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष खिम बहादुर कार्किले स्पोन्सर क्लबको हैसियतले रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष बिमल सेञ्चुरीलाई ग्याबल तथा माला प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका सबै सदस्यहरुलाई बधाई दिदै गभर्नर शाहले नेपालको रोटरी ईतिहासमा यो क्लब स्थापना हुदा पिएचफ(पल ह्यारीस फाउण्डेशन)का रुपमा सबै सदस्य रहेको नेपालको पहीलो रोटरी क्लब भएको घोषणा गर्दै समाजमा उत्कृष्ट काम गर्दै अघि बढन आग्रह गर्नु भयो । रोटरीले मुख्य रुपमा बिश्वभरमा पोलियो उन्मुलनका लागी काम गर्दै आएकोमा पछील्लो समयमा शाक्षरता अभियानमा लागेको भन्दै स्वास्थय र शिक्षा संगै अन्य सामाजिक काम स्वार्थ भन्दा माथि सेवाको भावना राखेर गर्न आग्रह गर्नु भयो ।

कार्यक्रमका बिशिष्ट अतिथी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले सस्था जन्माउन जति सजिलो छ,त्यति अघि बढाउन चुनौती रहेको भन्दा क्लबका रहेका सबै युबाहरुलाई रोटरीको मुल्य मान्यता र उद्धेश्य अनुरुप काम गर्दै समाजमा मार्गदर्शकका रुपमा अघि बढनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा पुर्ब गनर्भर दिलेन्द्र राज श्रेष्ठ,तिर्थ मान शाक्य,डिष्ट्रिकका डिजी नोमीनी चिन्तामणी भटराई , रोटरी क्लब एक्सटेन्सन कमिटीका चेयपर्शन राजेन्द्र ध्वजु,गभर्नरका प्रतिनिधी गोबिन्द सिंह, यस क्षेत्रका रोटरी क्लबहरुको तर्फबाट रोटरी क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष राजेन्द्र ढकाल ,स्पोन्सर क्लबका अध्यक्ष खिम बहादुर कार्कि लगायतले मन्तब्य राख्दै उच्च मनोबल सहीत स्थापना भएको क्लबले नाम जस्तै काम गरी समाजमा उदाहरणका रुपमा प्रस्तुत हुन आग्रह गर्नु भयो ।
सस्थापक अध्यक्ष बिमल सेञ्चुरीले रोटरीको मुल्य , मान्यता र नितीलाई पालना गर्दै लक्ष्य अनुरुप काम गर्दै स्वास्थय,शिक्षा संगै अन्य सामाजिक बिकाशका काममा क्लब अघि बढने जनाउनु भयो । कार्यक्रममा स्वागत मन्यब्य कार्यक्रमका संयोजक गोपाल भण्डारीले गर्नु भएको थियो ।
सन्चारकर्मी सन्जु पौडेलको उत्साहबद्र्धक सन्चालनमा सम्पन्न सोही कार्यक्रममा रोटरी क्लब अफ पोखराको तर्फबाट रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीलाई १२ थान सोलार लाईट हस्तान्तण गरीएको थियो भने रोट्रयाक्ट क्लब अफ बुटवलका युबा बसन्त श्रेष्ठको समुहले बिबिध सास्कृतिक कार्यक्रम प्रस्तुत गरेको क्लबका महासचिब कृष्ण पाण्डेले बताउनु भयो ।

को को भए त चार्टड मेम्बर
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीमा चार्टड प्रेसिडेन्ट बिमल सेञ्चुरी, प्रेसिडेन्ट इलेक्ट जीवन अर्याल, प्रेसिडेन्ट नोमिनी राम बहादुर कोईरी, प्रथम उपाध्यक्ष निर्मल श्रेष्ठ, द्धितिय उपाध्यक्ष डा. सतदल चौधरी,महासचिबमा कृष्ण पाण्डे,सचिबमा बिक्रम मल्ल, कोषाध्यक्षमा प्रिय बन्धु न्यौपाने, सह कोषाध्यक्षमा अमृत शर्मा, सार्जन एन्ड आर्ममा प्रेम प्रकाश शर्मा लोहनी र रमिला थापा मगर, पब्लिक रिलेशन चियरमेनमा प्रभातसिंह खाती,सर्भिस प्रोजेक्ट चियरमैनमा हिरा बहादुर शाह, युथ सर्भिस चेयरमैनमा उर्मिला सिलवाल, लिटरेसी चियरमैनमा सुदर्शन पौडेल,ईडिटरमा मनोरञ्जन शर्मा,जोइन्ट ईडिटरमा शान्ति शर्मा, मेन्टरमा राजेश ढकाल, तथा सदस्यहरुमा अभिषेक बेरिवाल, बासु बडाल, टिकाराम शर्मा, बिष्णु निषाद, गोबिन्द ज्ञवाली, ज्ञानेन्द्र श्रेष्ठ, जगन भुषाल, कृष्ण गुरुंग, महेश भट्ट, मनोज पौडेल, पदम प्रसाद शर्मा, फुल सिंह क्षेत्री, पिताम्बर न्यौपाने,ओम प्रकाश थापा, प्रकाश गुरुंग,राम थापा, चन्द्रमणी अधिकारी, रियाज वारिस, संजय कुमार बेरिवाल, शिब गौडेल,सुनिल सेठिया,टोप बहादुर रायमाझी,यम प्रसाद पराजुली,गोपाल भण्डारी, राम प्रसाद अर्याल रहेका छन् ।



