logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    रुपन्देहीमा कर सप्ताह सम्पन्न


    ७ मंसिर २०७३ , मंगलबार

    रुपन्देहीमा कर सप्ताह सम्पन्न

    ४० प्रतिशत विना दर्ताका व्यवसायी कर असुलको मुख्य चुनौती

    tax-week-endm-prgm

    भैरहवा, मंसिर ७ । विभिन्न कार्यक्रम सहित रुपन्देहीमा कर सप्ताह सम्पन्न भएको छ ।

    आन्तरिक राजस्व कार्यलय भैरहवाको आयोजना तथा विभिन्न संघसंस्थाको सहजीकरणमा कर सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । गौरबका साथ तिरौं कर, समृद्ध राष्ट्र हाम्रो रहर  भन्ने मूल नाराका साथ सम्पन्न उक्त साताब्यापी कर सप्ताह अन्र्तगत आयोजित कार्यक्रमका सहभागीलाई सम्मान समेत गरिएको थियो ।

    समापन समारोहमा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्ण् प्रसाद ढकालले कर प्रणालीलाई सहज र सरल बनाउदै बढी भन्दा बढी जनताको पहूंचमा पुराउनुपर्ने आजको आवश्यक्ता भएको बताए ।
    tax-week-end-day-news-5
    सोही अवसरमा अर्थमन्त्रालयका सहसचिव रामशरण पुडासैनिले आधुनिक करप्रणालीको विकाससंगै मुलुकमा करको दायरा बढेको भएतापनि अहिले पनि ४० प्रतिशत व्यवसाय विना दर्ता सन्चालनमा आएको बताए । पुडासैनिले भने ‘हाम्रो चु्नौती भनेको दर्ता नभएकालाई तत्काल दर्ता गरी करको दायरमा ल्याउनुपर्छ । दोस्रो पुजिगत खर्चलाई समयमा खर्च गर्ने वातावरण बनाउनुपर्छ । ‘

    उक्त कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख महाराज कोइरालाले भने ‘ हिजोको कर प्रसाशन अन्र्तमूखी थियो । आजको बर्हिमुखी छ । हिजोको नियन्त्रणमुखि थियो आजको सहयोगी छ ।’

    सो अवसरमा प्राज्ञ बुद राना, सिद्धार्थ साहित्य परिषदका उपाधयक्ष रामबहादुर श्रेष्ठ, उत्कृष्ट करदाताको रुपमा सम्मानित पु्र्णिमा विकास बैकका अधयक्ष राजु नारायण श्रेष्ठ, सिद्धार्थ उद्योग व्यापार संघका अधयक्ष रामकुमार शर्मा, नेपाल अडिटर एशोसियसनका अध्यक्ष चन्द्रकान्त भट्टराई, उद्योग व्यापार संघ नवलपरासीका अधयक्ष नगेन्द्र गुप्ता, तिलोत्तमा उद्योग व्यापार संगठनका अधयक्ष झविनद्र कडेल लगायतले मन्तब्य राखदै कर समयमै तिर्ने गर्नाले मुलुक समृद्ध हुने धारणा राखेका थिए ।
    tax-week-end-day-news-3

    उत्कृष्टलाई सम्मान

    कर असुलीमा सहयोग पुरायाई राजश्व प्रशासनलाई चुस्त राख्न भुमिका खेलेको भन्दै कर सप्ताहको अवसरमा अन्तरीक राजश्व कार्यालय भैरहवाले विभिन्न कर्मचारी, करदाता, साहित्यकार र खेलाडीलाई सम्मान गरेको छ ।

    उत्कृष्ट कार्य सम्पदान गरेको भन्दै कार्र्यालयले तेज बहादुर क्षेत्रीलाई नगद सहित सम्मान गरेको छ । क्षेत्री आन्तरीक राजश्व कार्यालय भैरहवा कार्यालय सहयोगी हुन् ।

    त्यस्तै कर सचेतनामुलक कविता प्रतियोगितामा प्रथम हुने कवि अनमोल शर्मा, द्धितिय नरेन्द्र भण्डारी, तृतीय छवि ज्ञवाली र सान्तवना भएकी विन्दु खराललाई समेत नगद सहित सम्मान गरिएको छ । प्रतियोगिता सिद्धार्थ सहित्य परिषदको संयोजनमा सम्पन्न भएको थियो ।
    tax-week-end-day-news-10
    सोही अवसरमा अन्तर निकाय मेन्स डबल ब्याडमिन्टन प्रतियोगिताका सहभागी टिम मध्ये अडिर्टस एशोसियसनका भरतराज शर्मा र सुन्दर घिमिरेको जोडीले प्रथम पुरस्कार, भैरहवा भन्सार कार्यालयका ज्ञानबहादुर कुमाल र होम बहादुर पाण्डेको जोडीलाई द्धितिय, सोही कार्यालयका गणेश अर्याल र केशव राज ओली तथा मानबहादुर वि.क.र रमेश माझीको टिमलाई तृतिय पुरस्कार प्रदान गरिएको थियो

    उक्त कार्यक्रममा आव ०७१।०७२ मा सबै भन्दा बढी आयकर दाखिला गर्ने करदाता पूर्णिमा विकास बैंक लिमिटेड भैरहवा र नवलपरासीको नागिन खाद्य उद्योगलाई सम्मान गरिएको थियो ।

     

     

     

    tax-week-end-day-news-7 tax-week-end-day-news-6  tax-week-end-day-news-4

     

    tax-week-end-day-news-9

    tax-week-end-day-news-8

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.