logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    ५ नम्बर प्रदेश टुक्र्याउन खोजेको भन्दै भैरहवामा आन्दोलन शुरु


    ७ मंसिर २०७३ , मंगलबार

    ५ नम्बर प्रदेश टुक्र्याउन खोजेको भन्दै भैरहवामा आन्दोलन शुरु

    1
    भैरहवा, मंसिर ७ । सरकारले संविधान संशोधन मार्फत ५ नम्बर प्रदेशका केही जिल्लालाई टुक्र्याउन खोजेकोमा त्यसको विरोध गर्दै भैरहवामा ¥याली तथा सभा सम्पन्न भएको छ ।

    भैरहवाको लुम्बिनीरोडबाट निस्केको ¥याली बुद्धचोक, बर्मेलीटोल, नारायणस्थान, विद्रोहीचोक, प्रहरीटोल हुँदै मिलनचोकमा गएर कोणसभामा परिणत भएको थियो ।
    img_1087
    प्रचण्ड सरकार होसियार, ५ नं प्रदेश टुक्राउन पाइँदैन, हिमाल पहाड तराई, कोही छैन पराई भन्ने नारा लगाउँदै राष्ट्रिय झण्डा सहित हिँडेको ¥यालीमा भैरहवा क्षेत्रका उद्योगी, व्यापारी, नागरिक समाजका अगुवा, संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि सहभागी रहेका थिए ।

    ¥याली पश्चात आयोजित कोणसभालाई सम्बोधन गर्दै व्यवस्थापिका संसदका सांसद आदित्यनारायण कसौधनले ५ नम्बर प्रदेशलाई टुक्राउने प्रस्ताव सरकारले पेश गर्नु सरकार ढल्दैछ भन्ने संकेत भएको बताए ।

    एमाले नेता समेत रहेका कसौधनले ५ नम्बर प्रदेशको कुनैपनि जिल्लालाई दायाँबायाँ गर्न खोजिए त्यसको मूल्य अत्यन्तै महँगो चुकाउन सरकार तयार हुनुपर्नेमा चेतावनी समेत दिँदै संशोधनको प्रस्ताव तत्काल फिर्ता लिन माग समेत गरे ।
    img_1101
    सो कोणसभामा राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष बद्रे आलमले जनताको भावना विपरीत ५ नम्बर प्रदेशलाई टुक्राउन खोजिए आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी दिए । नेता आलमले भने  “पहाड र तराईको मिश्रणबाट बनाइएर प्रस्तावित गरिएको ५ नम्बर प्रदेश सबै प्रदेशभन्दा अब्बल हुँदाहुँदै निहित स्वार्थका कारण पहाड र तराईलाई छुट्याउन खोजिनु गलत हो ।”

    एमाले सिद्धार्थनगर अध्यक्ष रामबहादुर श्रेष्ठको संचालनमा सम्पन्न कोणसभामा एमाले जिल्ला सचिव जागेश्वरी चौधरी, राजमका नेता नेत्र आचार्य, एमाले नेताहरु राजेन्द्र पन्थी,  हितराज पन्थी, भरत पोखरेल, जीवलाल अर्याल, घनेन्द्र विक्रम पाण्डे, प्रेम सेन्चुरी, उमा अधिकारी, पम्फावती खनाल, थानेश्वर पौडेल, चक्र थापा, लाल मोहम्मद पठान, डाँसुराम पाण्डे, लगायतले ¥यालीको नेतृत्व गरेका थिए ।

    img_1113

    img_1100 img_1098 img_1097 img_1096 img_1091 img_1088 img_1087 img_1084 img_1083 1

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.