logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    जाबेद हबिबको हेयर एण्ड ब्यूटी सैलुन भैरहवामा


    १० मंसिर २०७३ , शुक्रबार

    जाबेद हबिबको हेयर एण्ड ब्यूटी सैलुन भैरहवामा

    कमल रायमाझी
    भैरहवा, मंसिर १० । विश्व प्रख्यात हेयर एण्ड ब्यूटी सैलुन मास्टर जाबेद हबिबको शाखा अब भैरहवामा पनि खुलेको छ ।

    1-6

    भैरहवाको नारायणस्थान हनुमन्त महलको पहिलो तल्लामा शुक्रबार जावेद हबिब हेयर एण्ड ब्यूटी सैलुन फर मेन एण्ड वुमनको एक कार्यक्रमका बीच समाजसेवी भरत बहादुर के.सी. र हनुमान चौधरीद्वारा उद्घाटन भएको छ ।

    1-4

    सैलुनमा अब तालिम प्राप्त उत्कृष्ट सैलुन मास्टर तथा ब्यूटिसियनद्वारा महिला तथा पुरुष दुवैको हेयर डे«सर, हेयर कटिङ, कलरिङ तथा विभिन्न ब्यूटिसियन सेवा उपलब्ध गराउने शाखाकी सञ्चालिका निसु थापाले जानकारी दिईन् ।

    यस शाखामा महिला, पुरुष दुवैका लागि मसाजको समेत व्यवस्था रहेको छ । महिलाका लागि महिला र पुरुषका लागि पुरुषद्वारा मसाज सेवा प्रदान गरिने शाखाका सञ्चालक सन्तोष शर्माले जानकारी दिए ।
    1-3
    भैरहवामा पहिलो पटक खोलिएको यो हेयर एण्ड ब्यूटी सैलुन जावेद हबिबको यो शाखा आधुनिक र पूर्ण सेवा सुविधायुक्त रहेको लुम्बिनी प्रेस क्लबका महासचिव नरेश के.सी.ले  बताए ।

    1-8

    हेयर एण्ड ब्यूटी सैलुन उद्घाटन कार्यक्रममा भैरहवा क्षेत्रका विभिन्न व्यक्तित्वहरु, समाजसेवीहरु  सुरेश अग्रवाल अध्यक्ष समाजवादी पार्टी कोशीनगर, तिल बहादुर थापा, विजय जैसवाल, राघव सिंह, दिलिप गिरी, सुक बहादुर गुरुङ, वैष्णवी थापा, दुर्गा श्रेष्ठ, संगीता बूढामगर, तमन्ना मल्ल लगायतको उपस्थिति रहेको थियो ।

    1-7

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.