
नरेश के.सी.
भैरहवा, मंसिर १२ । सिद्धार्थ यातायात व्यवसायी समितिको २८ औँ वार्षिक साधारण सभा शनिबार भैरहवामा सम्पन्न भएको छ ।
समितिका अध्यक्ष सूर्य कुमार सारुमगरको अध्यक्षतामा भएको सभामा सहभागी वक्ताहरुले नेपालमा दिन प्रतिदिन सडक दुर्घटना बढ्दै गएकोतर्फ गम्भीर ध्यानाकर्षण गराएका थिए ।
सभाका प्रमुख अतिथि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले सडक दुर्घटना न्यूनीकरणका लागि सबै पक्षको सहयोग आवश्यक रहेकोमा जोड दिए ।
उनले भने ‘तोकिएको सिट भन्दा दोब्बर यात्रु राख्ने, अस्वस्थ प्रतिस्पर्धा गर्ने, बीच बाटोमा यात्रुलाई अलपत्र पारी छाडिदिने तथा सवारी साधनका कर्मचारीले रुखो व्यवहार गर्ने गर्दा पर्यटकहरुलाई समस्या परेको छ । त्यसतर्फ सबै सचेत हुनुपर्छ । अर्कोतर्फ सवारी दुर्घटना न्यूनीकरणमा सडक, यातायात निजी क्षेत्र प्रहरी र यात्रु सबै सजग हुनुपर्दछ ।”

सोही कार्यक्रममा सिद्धार्थ यातायात व्यवसायी समितिका अध्यक्ष सूर्य सारुमगरले यातायात व्यवसायलाई एउटै मन्त्रालयको मातहत राख्नुपर्नेमा चार–चार वटा मन्त्रालय मातहत राखेर काम गराउँदा समस्या सिर्जना भएको जनाए ।
अध्यक्ष सारुले सिद्धार्थ यातायातले लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि महत्वपूर्ण काम गरेको तर्क गर्दै सबैको सहयोग र साथ लिएर अगाडि बढ्ने पनि बताए ।
उनले कर्मचारीको कार्यकुशलतालाई सम्मान गर्दै प्रत्येक कर्मचारीको २ लाखको बीमा, समितिमा आबद्ध कर्मचारी तथा सवारीधनीको मृत्यु पश्चात उनीहरुको आश्रित परिवारलाई आर्थिक सहयोग २ लाख, पूर्व अध्यक्षहरुको दुर्घटना बीमा १० लाख, सवारी धनीहरुको दुर्घटना बीमा १० लाख, सवारी धनी तथा कर्मचारीलाई राहत औषधीउपचारका लागि ५० हजार, चालक, परिचालक र हेल्परको निधन भएमा उनीहरुको आश्रित परिवारलाई ७५ हजार आर्थिक सहयोग गर्ने समेत समितिले निर्णय गरेको बताए ।
कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी समितिका अध्यक्ष दधिराम खरेलले नेपालमा सवारी चालकका कारण सडक दुघटना निकै कम मात्रामा हुने गरेको दाबी गर्दै सडकका कारण दिनहुँ दुर्घटना बढिरहेको बताए ।
सो अवसरमा लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुंगाना, नमुना एकीकृत विकास परिषद्को अध्यक्ष ज्ञानु पौडेल, समितिका पूर्व अध्यक्ष जगदीश प्रसाद गुप्ता लगायतले मन्तव्य राख्दै दुर्घटना न्यूनीकरणका लागि एकले अर्काेलाई दोष दिनुभन्दा सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
सभामा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष राम कुमार शर्मा, सिद्धार्थ एशोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्ट (साट्टा) अध्यक्ष चन्द्र बहादुर थापा, लुम्बिनी ट्रक यातायात व्यवसाय समितिका महासचिव रुमाखर गौतम, पश्चिमाञ्चल ट्रक व्यवसायी समितिका अध्यक्ष लोकराज पोख्रेल, यातायात व्यवस्था कार्यालय लुम्बिनीका प्रमुख चेतन उप्रेती, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य महेन्द्र श्रेष्ठ, समितिका संस्थापक अध्यक्ष मोहन पौडेल, रुपन्देहीका प्रहरी प्रमुख एसपी रविन्द्र धानुक लगायतको आतिथ्यता रहेको थियो ।
सोही अवसरमा समितिका पूर्व उपाध्यक्ष गेहेन्द्रराज पौडेलको परिवारलाई २ लाख आर्थिक सहयोग प्रदान गरिएको थियो भने संस्थापक अध्यक्ष मोहन पौडेल र पूर्व अध्यक्षहरुलाई सम्मान समेत गरिएको थियो ।

पत्रकार सहित विभिन्न व्यक्तित्व सम्मानित
यातायात व्यवसायको सेवा विस्तारलाई सघाउ पु¥याउने उद्देश्यले पत्रकारिताको माध्यमबाट सक्रिय योगदान पु¥याएको भन्दै अनलाइनखबरका सम्वाददाता सलमान खान र नारी बिम्ब साप्ताहिकको प्रधान सम्पादक सम्झना शर्मालाई सिद्धार्थ यातायात व्यवसायी समितिले सम्मान गरेको छ ।
समितीको २८ औँ वार्षिक साधारण सभा कार्यक्रमको अवसरमा पत्रकारद्वयलाई जनही रु. ५ हजार रुपैयाँ नगद सहित दोसल्ला ओढाई सम्मान पत्रले सम्मानित गरिएको हो ।
साधारण सभाका प्रमुख अतिथि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल र सिद्धार्थ यातायातका अध्यक्ष सूर्य सारुमगरले दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरेका थिए ।
त्यसैगरी सामाजिक क्षेत्रतर्फबाट भैरहवा मर्निङ वाक गु्रपका अध्यक्ष विजय सागर, खेलकुद तर्फ जापान गोजुरियो कराँतेको मिसनका अध्यक्ष केवी राना (काजी) तथा तेकवान्दो खेलाडी पराग दास गोर्खालीलाई सम्मान गरिएको छ ।
उक्त अवसरमा समिति अन्र्तगत सवारीधनीका उत्कृष्ट विद्यार्थी र चालकलाई समेत सम्मान गरिएिको छ । चालकतर्फ गुलाम कादिर, कृष्ण प्रसाद गुरुङ, गगन बहादुर ठकुरी, शरद सिंह घर्ती, देवेन्द्र सुवेदी, रामनरेश तेली, राजन कुमार वि.क. र विरेन्द्र धोबी पनि सम्मानित भएका छन् । यसैगरी कर्मचारीतर्फ तुल बहादुर के.सी., राजकुमार क्षेत्री, गणेशलाल श्रीवास्तव र मैनुद्धिन मुसलमानलाई थप ५ ग्रेडसहित सम्मानित गरिएको छ ।
सोही अवसरमा एकनारायण पाण्डे, कमल पाण्डे, गौतम कुमार श्रेष्ठ, गोकुल के.सी., कोषलराज पाण्डे, शंकर कार्की र प्रदीप राउतलाई थप ३ ग्रेडसहित सम्मानित गरिएको थियो ।
सोही कार्यक्रममा एसएलसी देखि स्नातकोत्तर तहसम्म उत्कृष्ट नतिजा ल्याउने सवारीधनीका छोराछोरीलाई समेत सम्मानित गरिएको थियो ।
सम्मानित हुनेमा जितेन्द्र कुमार क्षेत्रीको छोरी रोमा क्षेत्री, मनिलाल खरेलका छोरा सुविन खरेल, जगदिश प्रसाद गुप्ताको छोरा सुनिल कुमार शाह, पुरन प्रसाद श्रेष्ठको छोरी विनिका श्रेष्ठ, राम बहादुर क्षेत्रीको छोरा असिम क्षेत्री, हरिद्वार गुप्ताको छोरी नवमी गुप्ता, दिपक कुमार कार्कीको छोरा सौरभ कार्की, जीवन खत्री क्षेत्रीको छोरी अरुणा क्षेत्री, सागर पाण्डेको छोरा सन्देश पाण्डे, मोइनुल हक खानको छोरी नाजिया खान रहेका छन् ।
यसैबीच समितिको बन्द सत्र आन्तरिक विवादका कारण अनिश्चित कालका लागि स्थगित गरिएको जानकारी आएको छ ।