logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    गाउँपालिकाको विरोधमा रुपन्देहीमा प्रदर्शन


    १२ मंसिर २०७३ , आइतबार

    गाउँपालिकाको विरोधमा रुपन्देहीमा प्रदर्शन

    नगरपालिका नबनाए भोलीदेखि कडा आन्दोलन गर्ने ः सात दल
    स्थानीयद्वारा मानव साङलो बनाई २ घण्टा चक्काजाम

         sanglo-6

    लुम्बिनीखबर
    भैरहवा, मंसिर १२ । साबिकका हाटिवनगाई ,पडसरी, बगाहा, हाटी फर्साटिकर, वसन्तपुर, चिल्हिया र मैनहिया गाविसका जनताले आज भैरहवामा प्रदर्शन गरेका छन् ।
    सो गाविसका ७ दलका नेताहरुको अगुवाईमा रुपन्देही सदरमुकाम भैरहवामा साबिकको गाविसलाई सिद्धार्थनगर नगरपालिकामा गाभिनुपर्नेमा कुनैलाई रोहिणी पारी त कुनैलाई तिनाउ पारीका गाउँपालिकामा प्रस्तावित गरिएको भन्दै विरोध गरेका हुन् ।

    सयौँको संख्यामा रहेका स्थानीयहरुले स्थानीय संरचना तय गर्दा हचुवाको भरमा गरिएको भन्दै तत्काल सच्याएर  सिद्धार्थनगर नगरपालिकामा साबिकका गाविसलाई नगाभिए कडा संघर्षका आन्दोलन गर्ने चेतावनी दिए ।
    sanglo-4
    कांग्रेस, एमाले, माओवादी केन्द्र, राजमो, राष्ट्रिय जनमुक्ति पार्टी, माओवादी क्रान्तिकारी, नेकपा माले लगायतका दलहरुले आफ्नो पार्टीको झण्डा सहित भैरहवाको बुद्धचोकमा मानव साङलो बनाई २ घण्टा चक्काजाम समेत गरेका थिए ।

    आन्दोलन रहरले नभई करले गर्नुपरेको मानव साङलोमा सहभागी नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं २ का सभापति मातृका प्रसाद यादवले जनाए । आईतबारको आन्दोलन सांकेतिक भएको जनाउँदै तत्काल संरचना नसच्याए कडा आन्दोलन गर्ने एमाले नेता भरत पोखरेलले बताए ।

    कसैलाई खोलापारी र कसैलाई खोलावारी गराएर भूगोल विभाजन गरिएको अवैज्ञानिक रहेकोले तत्काल सच्याउन माग गर्दै आन्दोलन गरिएको माओवादी केन्द्रका नेता उमेश खनालले जनाए ।

    sanglo-8

    सरकारले तत्काल सच्याएर नजिकका गाविसलाई सिद्धार्थनगर नगरपालिकामा गाभ्नुपर्ने वा क्षेत्र नं २ लाई एकीकृत रुपमा राख्नुपर्ने आफूहरुको माग रहेको राष्ट्रिय जनमुक्ति पार्टीका नन्द प्रसाद गुरुङले जनाए ।

    दलहरुले प्रत्येक गाविसमा संघर्ष समिति समेत बनाएका छन् ।

    sanglo-9 sanglo-8 sanglo-7 sanglo-6 sanglo-5 sanglo-4 sanglo-3 sanglo-2

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.