logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    अब तस्करका दिन सकिए ः एसपी धानुक


    १२ मंसिर २०७३ , आइतबार

    अब तस्करका दिन सकिए ः एसपी धानुक

    कमल रायमाझी
    भैरहवा, मंसिर १२ । भर्खरै सरुवा भएर रुपन्देही जिल्लाको कमाण्ड सम्हाल्न आएका प्रहरी प्रमुख एसपी रविन्द्र बहादुर धानुकले आइतबार पत्रकार भेटघाट गरेका छन् ।

    img_1277

                                           जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रविन्द्र बहादुर धानुक

    रुपन्देहीका पत्रकारहरुसँगको भेटघाटमा एसपी धानुकले शान्ति सुरक्षा कायम राख्न आफूले अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्ने बताएका थिए ।  उनले रुपन्देही जिल्ला जस्तो संवेदनशील जिल्लामा आफू आउन पाउनु अवसर र चुनौती दुवै रहेकाले पत्रकारहरुको सहकार्य तथा स्थानीय जनताहरुको मनोभावना अनुसार आफूले काम गर्न तयार रहेको उपस्थित पत्रकारहरुलाई जानकारी गराएका थिए ।

    आफू मिडियामैत्री प्रहरी अफिसर भएकाले चौबिसै घण्टा जिल्लाको शान्ति सुरक्षाको विषयमा पत्रकारहरुले सम्पर्क गर्न सक्ने एसपी धानुकको भनाई रहेको थियो ।
    जिल्लामा अब सीमा अपराधको अन्त्य, लागूऔषध ओसारपसारको न्यूनीकरण, तस्करहरुको समेत दिन सकिएको भन्दै प्रहरी प्रमुख धानुकले पत्रकारहरुलाई जिल्लाको शान्तिसुरक्षा तथा अमनचयन कायम राख्न आफू प्रतिबद्ध रहेको जनाएका थिए ।

    रुपन्देही पत्रकार महासंघका अध्यक्ष शेर बहादुर के.सी.ले एसपी धानुकलाई यहाँको वस्तु स्थितिको बारेमा  जानकारी दिँदै यस जिल्लाले समस्यासँग सामना गर्न सक्ने एसपी चाहेकाले हिजोका जिल्ला प्रहरी प्रमुख रविन्द्र राज रेग्मी जस्तै कुशल र सक्षम प्रहरी प्रमुख भएर काम गर्न सुझाव दिएका थिए ।

    लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुंगानाले प्रहरी कार्यालय भित्र हुने दलालीपन, दादागिरीको अन्त्यलाई पहिलो प्राथमिकतामा राख्न एसपी धानुकलाई सुझाव दिँदै प्रहरीको आन्तरिक प्रशासनमा समेत सुधारको खाँचो रहेको समेत औँल्याएका थिए ।

    img_1280

                                                       जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी बेल बहादुर पाण्डे

    जिल्लाका करिब २ दर्जन पत्रकारको उपस्थिती  रहेको भेटघाट कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बेल बहादुर पाण्डे तथा पत्रकार महासंघ रुपन्देहीका पदाधिकारीहरु र लुम्बिी प्रेस क्लबका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.