
एनसेलले अरुभन्दा सस्तोमा आइफोन सेभेन बेचिरहेको छ। एनसेलले ३२ जिवीको ९१ हजार तोकिएको आइफोन सेभेनको ८४ हजार ९ सय ९० रुपैयाँमा बेचिरहेको छ। त्यस्तै आइफोन सेभेन १२८ जिवीको ९८९९० रुपैयाँमा, २५६ जिवीको १ लाख १२ हजार ९ सय ९० रुपैयाँमा बेचिरहेको छ।
१ सय २८ जिवीको आइफोन सेभेन १ लाख १४ हजार ९ सय ९०, २ सय ५६ जिवीको १ लाख २७ हजार ९ सय ९० रुपैयाँमा एनसेलले बेचिरहेको छ।
साथै एनसेलले आफ्नो सेन्टरबाट आइफोन किन्नेलाई ६ महिनासम्म हरेक महिना १ जिवी इन्टरनेट डाटा, १ हजार मिनेट कल र १ हजार वटा एसएमएम निशुल्क दिने अफर ल्याएको छ।
एनसेलले अरु डिलरभन्दा ५ हजारदेखि ७ हजार रुपैयाँ सस्तोमा आइफोन बेचिरहेको छ।
एनसेलले रेट विगारेर आइफोन बेचेपछि डिलरहरु भने असन्तुष्ट भएका छन्। जेनेरेसन नेक्स्टको वितरक बबरमहलमा रहेको ओलिज स्टोर्सले एनसेल टेलिकम संस्था भएको र उ सँग लगानी गर्ने रकम धेरै भएको हुदाँ आफुखुसी मूल्यमा आइफोन बेचेको आरोप लगाए।
एनसेलले सस्तोमा रेट बिगारेर बेच्दा आफूहरुले मूल्य अनुसार बेच्दा ग्राहकले आफूहरुलाइ ठगी गरेको जस्तो भान भइरहेको उनले सुनाए।
इभोलुसन ट्रेडिङ प्रालिका तरुण बज्राचार्यले प्रमोसनका लागि एनसेलले विभिन्न अफर ल्याएर ग्राहक तान्न खोजेको बताए। रेट विगारेर एनसेलले आइफोन बेच्दा आफूहरुलाई समस्या परेको उनले बताए।