logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    कुस्ती ः राष्ट्र निर्माणको लागि स्फूर्ती


    १४ मंसिर २०७३ , मंगलबार

    कुस्ती ः राष्ट्र निर्माणको लागि स्फूर्ती

     

     

    10002933_1087450217940824_4819369001881062141_n

                                                                            देवेन्द्रपाण्डे                                                                                                                            संरक्षक                    (अन्र्तराष्ट्रिय विराट दंगल कुस्ती प्रतियोगिता)

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    लुम्बिनीखबरको साताको संवादमा यहाँलाई स्वागत छ ।
    – धन्यवाद ।

    विगत केही वर्षदेखी अन्र्तराष्ट्रिय कुस्ती प्रतियोगिता गर्दै आउनुभएको छ । यसको ऐतिहासिकताको बारेमा बताईदिनुस् न ?
    – विगत सयौँ वर्षदेखि मधेसमा मल्लयुद्ध, कुस्ती जस्ता खेलहरु प्रचलित थिए । अहिले आएर व्यक्तिहरु आफ्नो काममा व्यस्त भइरहने, नियमित व्यायाम नगर्ने जसले गर्दाखेरी मानिसहरुको शारीरिक स्फूर्ती र मानसिक रुपमा अस्वस्थ हुने समस्याहरु हरेक व्यक्तिमा देखिएको हुँदा  कुस्ती (रेस्लिङ)ले मानिसलाई शारीरिक र मानसिक दुवै रुपमा चुस्त र स्फुर्त राख्ने भएको हुँदा विशेष गरी युवाहरुको मानसिक तथा शारीरिक शसक्तिकरणको उद्देश्य सहित कुस्ती प्रतियोगिताहरु आयोजना गरिन्छ ।  हामीले आयोजना गरेको कुस्ती प्रतियोगिताको मुख्य उद्देश्य “स्वस्थ युवा,स्वस्थ राष्ट्र निर्माण” नै हो ।

    निरन्तर कुस्ती प्रतियोगिताको आयोजना गर्नुको खास कारण ?
    –देशबाट यस्ता प्रतियोगिताहरुको ह्रास भइरहँदाको अवस्थामा यस्तो प्रतियोगिताहरु आयोजना गरी “स्वस्थ युवा,स्वस्थ राष्ट्र निर्माण” गर्नु नै मुख्य कारण हो । अर्कोतर्फ यो खेल मधेसको संस्कृतिसँग जोडिएको खेल हो । कुस्ती मार्फत एकातिर लोप भइरहेको खेलको संरक्षण भइरहेको छ भने अर्कोतर्फ मधेसमा बसोबास गर्ने सबै समुदाय, जाति, भाषी र धर्मावलम्बी बीच एकता, सहकार्य र भाईचारा अभिवृद्धिमा टेवा पुगिरहेको छ ।

    खेललाई कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
    –खेललाई व्यवस्थापन गर्ने सवालमा हामी यस क्षेत्रका सचेत युवाहरु आफ्नो सहभागिता र विभिन्न खेलप्रेमी व्यक्तित्वहरुबाट सहयोग लिँदै स्थानीय बजरंग समितिको आयोजनामा यो प्रतियोगिताको व्यवस्थापन गर्ने गरेका छौँ ।

    राष्ट्रिय खेलकुद परिषद वा अन्य खेलकुद क्षेत्रबाट सहयोग र सहकार्य भएको छ कि छैन ?
    –हालसम्म विगत ३ वर्षदेखि यो कार्यको थालनी हामीले गरेका छौँ तर अहिले सम्म राष्ट्रिय खेलकुद परिषद वा अन्य खेलकुद क्षेत्रबाट कुनैपनि किसिमको सहयोग हामीलाई प्राप्त भएको छैन । र अहिले पनि हामीले राष्ट्रिय खेलकुद परिषद र अन्य खेलकुद क्षेत्रहरुलाई पत्राचार गरेका छौँ ।  उहाँहरुको सक्रिय सहभागिताको पर्खाइमा छौँ । पछिल्लो समय सरकारले पनि खेलकुद लक्षित विविध कार्यक्रम गरेको हुँदा स्थानीय स्तरमा बजरंग समितिले आयोजना गरेको यो कुस्तीलाई सघाउ पु¥याउने ढंगले सरकारका निकायहरुले सहयोग गर्नेमा हामी विश्वस्त छौँ  ।

    सरकारले खेलकुद विकासको लागि वर्षेनी करोडौँ खर्चिने गर्छ त्यो बजेटमा सहभागिता छ की छैन ?
    –सरकारले खेलकुदको विकासका लागि खर्च गरेको भन्ने सुनिन्छ तर हालसम्म हामीसँग कुनैपनि किसिमको सहयोग आइपुगेको छैन । हामी आशावादी छौँ कि अहिले यो प्रतियोगितामा सरकारले अवश्य नै हामीलाई सहयोग गर्नेछ ।
    सरकारको सहयोग रह्यो भने हामीले यो प्रतियोगितालाई राष्ट्रिय स्तरकै ठूलो प्रतियोगितामा रुपान्तरण गर्न हामी सक्छौँ ।

    यहाँहरुले स्थानीय स्तरमा यति ठूलो खेलकुद गरिरहँदा स्थानीय संघसंस्थाबाट कस्तो सहयोग पाउनुभएको छ ?
    – हो, हामीले  विगत ३ वर्षदेखि यतिको ठूलो स्तरको कुस्ती प्रतियोगिता आयोजना गरिरहेका छौँ । र यो क्षेत्रकै लागि सम्मानको विषय हो । र क्षेत्रवासी, कुस्ती प्रतियोगिता प्रेमीहरुले हामीलाई भरपूर सहयोग गरिरहेका छन् ।
    र यो क्षेत्रमा रहेका विभिन्न संघसंस्थाहरुले हामीलाई दिल खोलेर सहयोग गरेकै कारण अहिले सम्म हामी सफल छौँ र आगामी दिनहरुमा पनि सोही किसिमको सहयोगको पनि अपेक्षा गर्दछौँ । विगत देखि अहिलेसम्म स्थानीय जनताले स्वतःस्फूर्त रुपमा गरेको सहयोग र सद्भावकोे कारण नै यो खेलको निरन्तरताको सम्भव भएको हो ।

    खेल विगत भन्दा भिन्न छ की निरन्तरता मात्रै हो ?
    –धेरै राम्रो प्रश्न । फरक छ, धेरै फरक छ । विगतमा यो प्रतियोगितामा भारत र नेपालका रेस्लरहरुले मात्रै भाग लिने गर्थे भने अहिलेको प्रतियोगितामा बंङ्गलादेश जस्ता राष्ट्रहरुबाट पनि रेस्लरहरुले भाग लिन ुहुने गरी हामीले व्यवस्थापन गरेका छौँ ।
    सोही अनुसार हाम्रो कामहरु अगाडि बढिरहेको छ र विगतमा कुस्ती प्रतियोगिता मात्रै गरिरहेको यो वर्ष भोजपुरी संस्कृतिको संरक्षणका लागि मधेसमा अत्यन्त लोकप्रिय भोजपुरी विराहा प्रतियोगिता पनि गर्न गईरहेका छौँ । सो विराहा कार्यक्रममा नेपालका बहुचर्चित बि.एम सहानी, हरिकेश यादव, सुनिता यादव लगायतका गायकहरुको उपस्थितिमा विराहा प्रतियोगिता पनि आयोजना गरिएको छ । यो मानेमा अहिलेको कार्यक्रम निरन्तरता मात्रै होइन विगत भन्दा भिन्न छ ।

    अन्त्यमा ?
    –स्वस्थ युवा राष्ट्रको मेरुदण्ड हो । युवाहरुलाई स्वस्थ बनाउने मुख्य उद्देश्य सहित आयोजित यस प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद, खेलकुद क्षेत्रका अन्य निकायहरु, नेपाल सरकार लगायत सम्पूर्ण जिल्लावासी, कुस्ती प्रेमी जनसमुदायहरुमा यस कार्यक्रमलाई सफल बनाउनको लागि हर किसिमको सहयोग गर्नको लागि अनुरोध गर्न चाहन्छु । लुम्बिनीखबरलाई पनि धन्यवाद ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.