भैरहवा, मंसिर १५ं । पाँच नम्बर प्रदेश टुक्र्याएको विरोधमा रुपन्देहीका मुख्य शहर भैरहवा र बुटबलमा विहानैदेखि प्रदर्शन भएको छ ।

यातायात बन्द भएको छ भने विद्यार्थी संगठनहरुले सडकमा प्रदर्शन गरिरहेका छन् । बजार, कलकारखाना समेत ठप्प भएका छन् ।
सरकारले संसदमा संविधान संशोधन बिधेयक दर्ता गराएसँगै प्रदेश न ४ र ५ मा आन्दोलन सुरू भएको हो । अखण्ड प्रदेश नम्बर ५ प्रदेश दबाब अभियान लुम्बिनी तथा नेसिबसंघ, अनेरास्वियु, अखिल छैठौं लगायतका बिद्यार्थी संगठनहरुले संयुक्त बन्दको अह्वान गरेका हुन् ।

विहाननै देखी बुटवल र भैरहवा क्षेत्रमा टायर बालेर प्रर्दशन भएको थियो भने आज बिहानैबाट बुटवल बहुमुखि क्याम्पस मिलनचोक, दिउसो भैरहवाको बुद्धचोकमा राजमार्ग लगायतका स्थानमा प्रर्दशन भएको छ ।
अखण्ड प्रदेश न ५ प्रदेश दबाब अभियान लुम्बिनीले बिहान ११ बजेबाट अनिश्चितकालिन रुपन्देही बन्दको आब्हान गरेको छ ।