logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    शहिद स्मारक तोडिएकोप्रति आपत्ति


    १८ मंसिर २०७३ , शनिबार

    शहिद स्मारक तोडिएकोप्रति आपत्ति

    बुटवल, १८ मंसिर । प्रदेश नं ५ सिमाकंन हेरफेरको प्रस्तावविरुद्ध भएको आन्दोलनमा विहीबार बुटवलको पुष्पलालपार्कमा रहको शहिद स्मारक तोडिएकोप्रति नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।
    नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा रुपन्देही जिल्ला संयोजक रामप्रसाद बन्जाडे (टंकमणी) ले एक विज्ञप्ति जारी गर्दै शहिद स्मारक तोडिएकोप्रति गम्भीर आपत्ति प्रकट गर्नुभएको हो । विज्ञप्तिमा भनिएको छ— शान्तिपूर्वक आन्दोलन गर्न पाउने जनताको अधिकार भएपनि सार्वजनिक सम्पतिको क्षति पु¥याउनु निन्दनीय कार्य हो । सहिद स्मारक तोडेर शहिदको अपमान गरिएको भन्दै विज्ञप्तिमा यस्ता पत्रकारका उदण्ड र हर्कत नगर्न आन्दोलनको नेतृत्व गर्नेलाई चेतावनी दिइएको छ ।
    यसैबीच महान शहिद परिवार नेपालका केन्द्रीय सदस्य तथा रुपन्देही संयोजक शिवप्रसाद घिमिरेले पनि एक विज्ञप्ति प्रकाशित गर्दै घटनाको घोर भ्रत्सना गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ—उदण्ड समूहको यो हर्कत कुनै मूल्यमा क्षम्य छैन, दोषीलाई कारवाही गरिनुपर्छ ।
    विहीबार भएको आन्दोलनमा नेतृत्व कस्को हो भन्ने नखुलाइएको भएपनि विभिन्न दल समर्थित विद्यार्थीहरु तथा युवा नेताहरु अग्रपंत्तिमा देखिन्थे । तर एमाले तथा कांगे्रेसका नेताले आफ्ना कार्यकर्ताबाट तोडफोड नभएको दावी गरेका छन् । आन्दोलनकारीले नेकपा माओवादी (विप्लप) समूहको कार्यालयमा पनि तोडफोडको प्रयास गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.