logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    तमलोपाको प्रशिक्षण


    १८ मंसिर २०७३ , शनिबार

    तमलोपाको प्रशिक्षण

    भैरहवा, मंसिर । तराई–मधेश लोकतान्त्रिक पार्टी रुपन्देही क्षेत्र नंं. २ को आयोजनामा क्षेत्रीय प्रशिक्षण कार्यक्रम बुधबार भैरहवामा सम्पन्न भएको छ ।

    tamlp
    तमलोपाका क्षेत्रीय अध्यक्ष स्वामीनाथ चौधरीको अध्यक्षता, पार्टीका केन्द्रीय सदस्य एवं सांसद डा. विजय सिहंको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य हजरत अलीको विशिष्ट आतिथ्यता र रुपन्देही जिल्ला अध्यक्ष अजय वर्माको विशेष उपस्थिीतिमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । पार्टी रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताको स्वागत मन्तव्य तथा प्रवक्ता एवं राष्ट्रिय परिषद सदस्य मोहम्मद इस्लामको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न थियो ।

    tam
    सो अवसरमा रुपन्देही क्षेत्र नं. २ का अगुवा कार्यकर्ताहरुको सदस्यता नविकरण समेत गरिएको पार्टी रुपन्देहीका सचिव विजय बहादुर चौधरीले जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.