logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    सिडियो र एसपी लाई स्वागत गर्न तछाडमछाड


    १९ मंसिर २०७३ , आइतबार

    सिडियो र एसपी लाई स्वागत गर्न तछाडमछाड

    लुम्बिनीखवर
    भैरहवा,मंसीर १९ । रुपन्देही अहिले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई स्वागत गर्ने संघ संस्थाको तछाड मछाडले तातेको छ ।

    untitled-2-copy
    एका दुई संस्था नभएर दर्जनौ संस्थाहरुले नयाँ सिडियो र एसपीलाई स्वागत ब्यानर बनाएर कसले पहिला गर्ने भन्ने हतार सबैमा देखिएको छ । संघ संस्थाले अझ पत्रकारहरुलाई सम्म बोलाएर आफुले स्वागत गरेको मिडियामा ल्याईदिन अनुरोध समेत गरेका छन् ।

    सरकारको नियमित सरुवामा परेर आउने जनताका सेवकका रुपमा रहेका यी कर्मचारीलाई स्वागतमा भुलाउँदा उनीहरुलाई समेत दैनिक कार्य सम्पादनमा समस्या परेको जिल्ला प्रशासन कार्यालयका एक कर्मचारी बताउँछन् ।

    जो आए पनि नियम र कानुनका काम गर्ने हो । किन चाकरी गर्नु प¥यो ती कर्मचारीले भने जनताको सेवा गर्न आएकाहरुले राम्रो गरे राम्रो र नराम्रो गरे आलोचना गर्नु पर्नु पर्दछ ।

    जनताका सेवा गर्न आएका सिडियो साब र एसपीले पनि जसले जहाँ स्वागत गर्छु भनेर बोलाउँछ, जानुपर्ने बाध्यता छैन् । स्वागत गर्न मन भएकालाई अफिसमा नै बोलाएर स्वागत खाए भैहाल्यो नी । महत्वपूर्ण संस्थाहरुको कार्यक्रममा जिल्ला प्रमूखहरु जान आवश्यक रहे पनि तस्करहरुले गर्ने कार्यक्रममा पुगेर भाषण गर्नु चाँही गलत रहेको रुपन्देहीका विद्यार्थी नेता मिलन थापा भन्छन् ।

    रुपन्देही अहिले भर्खर दर्ता भएका संस्था देखी पुराना संघ सस्थाहरुले जिल्ला नयाँ आउने प्रमुखहरुलाई स्वागत गर्ने प्रचलन व्यापक रुपमा बढेको छ । यस्ता कार्यक्रमहरुले समाजमा कुनै पनि किसिमको प्रतिफल नदिने हुँदा कर्मचारीहरुले समेत सोच विचार गरेर जान आवश्यक रहेको स्थानियहरुले समेत बताउने गरेका छन् । सीमा अपराध बढेको छ ।

    लागुऔषध कारोबारी, तस्कर र कालाबजारी तर्फ ध्यान कसैले दिएको देखिँदैन । यस्ता कुरामा ध्यान दिएर अगाडी बढे समाजले केही पाउने थियो ।  स्थानिय भुलन यादव भन्छन्, सिमाक्षेत्रमा प्रहरी इमान्दार भएर काम गरे तस्कर देखी कालाबजारी गर्ने सकिने थिए ।

    जिल्लामा अहिले प्रमुख जिल्ला अधिकारी भएर विनोद प्रकाश सिंह र जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्र वहादुर धानुक आएका छन । दुवै सुुदुर पश्चिमका हुन । यिनको कार्यकुशलता रुपन्देहीबासीले अव समिक्षा गर्ने बेला आएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.