logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    संविधान संशोधनको विरोधमा भैरहवाका संघसंस्था एकजुट


    २० मंसिर २०७३ , सोमबार

    संविधान संशोधनको विरोधमा भैरहवाका संघसंस्था एकजुट

    img_1446

    लुम्बिनीखबर
    भैरहवा, मंसिर २० । प्रदेश नं ५ टुक्र्याउने गरी पेश गरिएको संविधान संशोधनको प्रस्ताव विरुद्धमा भैरहवा क्षेत्रका संघ संस्थाहरुले विरोध गरेका छन् ।

     

    12

    सरकारले संसदमा दर्ता गरेको प्रस्तावले राष्ट्रिय अखण्डता र सामाजिक सद्भावमा खलल पु¥याउने हुँदा तत्काल सो प्रस्ताव फिर्ता लिन आह्वान गर्दै भैरहवामा क्रियाशील सामाजिक संघसंस्थाले शान्तिपूर्ण रुपमा विरोध जनाउने भएका हुन् । उनीहरुले मंगलबार सरकारले संसदमा पेश गरेको प्रस्तावको विरुद्धमा शान्तिपुर्ण विरोध ¥याली समेत निकाल्ने भएका हुन् ।

    img_1431
    मंगलबारको विरोध ¥यालीको नेतृत्व सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाले गर्ने गरी संघको बैठकले निर्णय गरेको अध्यक्ष रामकुमार शर्माले जनाए ।

    अध्यक्ष शर्माले सार्वजनिक रुपमा आह्वान गर्दै भनेका छन्, “मंगलबारको ¥यालीमा सम्पूर्ण उद्योगी, व्यवसायी, संघ, संस्था, विद्यालय तथा आमनागरिकमा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौँ । ”

    img_1437
    संघको आह्वान अनुसार सोमबार भैरहवामा क्रियाशील सामाजिक संघ संस्थाको बैठक सम्पन्न भएको छ ।  नेपाल प्राध्यापक संघका केन्द्रिय सदस्य भरत कुमार पोखरेलको अगुवाइमा भएको बैठकले सिद्धार्थ उद्योग वाणिज्य संघद्वारा मंगलबार भैरहवामा हुन गइरहेको शान्तिपूर्ण विरोध ¥यालीमा सबै संघसंस्थाले ब्यानरसहित सहभागिता जनाउने निर्णय गरेका छन् ।

    img_1445
    बैठकमा प्राध्यापक संघ, सिद्धार्थ साहित्य परिषद, उद्योग व्यापार संगठन, मदिरा व्यवसायी संघ, सामूहिक विद्यालय परिवार, हिसान रुपन्देही, प्याब्सन रुपन्देही, लुम्बिनी मनिचेञ्जर व्यवसायी संघ, हेभी इक्विपमेन्ट व्यवसायी महासंघ, भैरहवा मर्निङवाक गु्रप, सिद्धार्थ उद्योग वाणिज्य संघ, अनेसास, रुपन्देही पुस्तक तथा स्टेशनरी व्यवसायी संघ, सिद्धार्थ होटल एशोसिएसन, अंकुर नेपाल, त्रिवि प्राध्यापक संघ भैरहवा बहुमुखी क्याम्पस, प्रगतिशील प्राध्यापक संघ, नमुना एकीकृत विकास परिषद, लगायतका २६ वटा संघसंस्थाले सिद्धार्थ उद्योग वाणिज्य संघले आह्वान गरेको शान्तिपूर्ण ¥यालीमा सहभागिता जनाउने निर्णय गरेका हुन् ।

    img_1438
    सो अवसरमा बोल्दै संघसंस्थाका प्रमुख तथा प्रतिनिधिले ५ नं प्रदेश टुक्राउने गरी सरकारले ल्याएको प्रस्ताव फिर्ता नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी राख्ने समेत निर्णय गर्दै राष्ट्रिय महत्वको विषयमा सिद्धार्थ उद्योग वाणिज्य संघले अगुवाई गरेकोमा संघप्रति हार्दिक आभार समेत व्यक्त गरेको सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराईले जनाए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.