logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    शनिबारदेखि भैरहवामा फोटोग्राफी


    २४ मंसिर २०७३ , शुक्रबार

    शनिबारदेखि भैरहवामा फोटोग्राफी

    लुम्बिनीखबर
    भैरहवा, मंसिर २४ । लायन्स क्लब अफ सिद्धार्थनगर र किपाग्राफी भक्तपुरको संयुक्त आयोजनामा भोली शनिबार देखि भैरहवामा फोटोग्राफी टे«निङ सुरु हुन गैरहेको छ ।

    img_1584
    सो टे«निङको सम्बन्धमा जानकारी दिने उद्देश्यले शुक्रबार साँझ लायन्स क्लब अफ सिद्धार्थनगरले पत्रकार सम्मलेन आयोजना गरेको थियो ।  उक्त सम्मेलनमा शनिबारदेखि हुने फोटोग्राफी तालिम उत्पादनमूलक हुने आयोजकले विश्वास लिएका छन् । तालिममा ३ सिफ्ट गरी ७५ जनाको सहभागिता रहने लायन्स क्लब अफ सिद्धार्थनगरका सदस्य तथा कार्यक्रम संयोजक दिपक कौशलले जानकारी दिए ।

    img_1581
    पत्रकार सम्मेलनमा बोल्दै प्रमुख प्रशिक्षक फोटोग्राफीमै नर्बेबाट पिएचडी गर्दै गरेका  शरद राईले ५ दिनको कोर्षमा फोटोग्राफीको साक्षरतालाई जोड दिने बताए । राईले भने, “हामीले फोटोग्राफीको साक्षरतालाई जोड दिँदै यो तालिम संचालन गर्नेछौँ ।”

    नेत्र आचार्यको संचालनमा सम्पन्न उक्त पत्रकार सम्मेलनमा पिडिजी लायन अरुणप्रताप राणा, किपाग्राफी भक्तपुरका प्रशिक्षक सन्देश प्रजापति र सम्पदा बज्राचार्य, राजेश खरेल, लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।

    fb_img_14811181299627292

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.