logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    कसरी घट्यो भैरहवाको गोली काण्ड


    २६ मंसिर २०७३ , आइतबार

    कसरी घट्यो भैरहवाको गोली काण्ड

     

    लुम्बिनीखबर
    भैरहवा, मंसिर २६ । गत हप्ता मंगलबार भैरहवामा उद्यमी कुल प्रसाद न्यौपानेमाथी संसाझै गोली प्रहार भयो ।

    आफ्नै व्यवसायीक प्रतिष्ठान मुक्तिनाथ खाद्य उद्योग गल्लामण्डीमा  बसीरहेको बेला सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहेका न्यौपानेमाथि एकाएक गोली प्रहारको खबरले भैरहवामा सन्नाटा छायो ।

    886471_519245818114924_1781243369_o
    घटना घटेको एक हप्ता भन्दा बढी भइसेको छ तर न्यौपानेमाथी गोली प्रहार गर्ने व्यक्ति को थियो किन गोली हानियो भनेर अहिले सम्म पत्ता लाग्न सकेको छैन । प्रहरीले घटनामा संलग्न भएको भन्दै घटना भएको केही समयमै सिपवा गाविसका विरेन्द्र यादवलाई पक्राउ गरेर अपराधी पक्राउ परेको भन्दै खुसी पनि साट्यो ।

    सोहि दिन राती घटनाबारे चासो राखेर जिल्ला प्रहरी कार्यलय पुगेका उद्योगी व्यवसायीलाई प्रहरीले घटनामा संलग्न पक्राउ परेका छन् यो गुड न्यूज हो समेत भन्न भ्यायो ।  त्यसको अर्कोदिन  प्रहरीले लुम्बिनी तिरकै सदरउद्धिन मुसलमान लाई नियन्त्रणमा लियो । दुबै जना अहिले प्रहरी हिरासतमा छन् ।  प्रहरीको प्रारम्भीक दाबी अनुसार न्यौपानेमाथी गोली प्रहार गर्ने पक्राउ  व्यक्ति नै हुन् । अझै प्रहरीले प्रमाणीकता साथ गोली चलाउने को हो भनेर पत्ता लगाउन सकेको छैन ।

    स्रोतका अनुसार घटना अत्यन्तै रहस्यमय छ । घटनामा संलग्न भएका भनिएका व्यक्ति यादवको साथबाट बरामदीत पेस्तोलमा लोडेड गोली जस्ताको त्यस्तै रहेको बुझिएको छ । अर्कोतर्फ यादवसंग भएको हतियार र घटना स्थलमा भेटिएको छर्राबीचको तालमेल पनि नमिलेको स्रोतको दाबी छ ।

    स्रोतका अनुसार उद्यमी न्यौपाने माथी गोली प्रहार गर्ने व्यक्ति अझै फरार रहेको बुझिएको छ । अपराधी खोज्नकोलागी प्रहरीको सिआइबी टोली पनि अहिले भैरहवामा केन्द्रित रहेको छ । प्रहरीले केहि दिनभित्र अपराधी पत्ता लाग्ने जनाएको भएता पनि अहिले सम्म अपराधीको पक्राउ नहुदा भर्खरै प्रहरी प्रमुखको जिम्मेवारी लिएर रुपन्देही आएका एसपी रबिन्द्र धानुक चिन्तीत देखिएका छन् ।

    घटना घटेको अर्कोदिन हतार हतारमा मधेसी मोर्चा रुपन्देहीले गोली काण्डमा मोर्चाको संलग्नता नरहेको पत्रकार सम्मेलन मार्फत प्रस्टायो । सोही दिन घटनाको भत्र्सना गर्दै सिद्धार्थ उद्योग वाणिज्य संघको नेतृत्वमा भैरहवामा विरोध रयाली सम्पन्न भयो ।

    एमालेको जिल्ला, क्षेत्र र नगर तथा माओवादी केन्द्रको जिल्लाले प्रेस विज्ञप्ती निकालेर घटनाको निन्दा गर्दै अपराधी तत्काल पत्ता लगाई कारबाहि गर्न स्थानिय प्रशासन समक्ष माग गरयो ।

    तर अहिले सम्म कुनै उपलब्धी हासील हुन सकेको छैन । प्रहरीको एउटा टोली सोही घटनाको अनुसन्धानमा खटिएको भएता पनि अहिले सम्म ठोस  उपलब्धी हासील हुन सकेको छैन । प्रहरी अनुसन्धानमा रहेका यादब र मुसलमानको बायन लिने क्रम जारी रहेको र उनीहरुले दिएको बयान सत्य छ छैन भनी वैज्ञानिक प्रविधी पोलियो ग्राफीको समेत प्रयोग गरेको प्रहरीले जनाएको छ ।

    यता घटना घटिसकेपछि नगर र जिल्लाका मात्रै नभएर देशविदेशबाट उद्यमी न्यौपानेलाइ कयौंले भेटेर त कयौले फोन म्यासेज मार्फत सान्तनवा दिएको भएता पनि मधेसी मोर्चा सम्बद्ध दलका नेताहरुले कुनै सम्पर्क नराख्दा न्यौपाने आश्चर्यचकित भएका छन् । न्यौपानेलाई मधेसी मोर्चाका नेताहरु मध्ये सन्तोष पाण्डेले घटना लगत्तै भेटेका थिए भने उनी सम्पर्कमा आएर सान्तनवा दिदैं आएका छन् तर अरु नेता भने सम्पर्कमा नरहेको उनको परिवार स्रोतले जानकारी दिएको छ ।

    घटना किन घट्यो भनेर अहिले सम्म खुल्न नआएको भएता पनि सोही दिन मंगलबार सिद्धार्थ उद्योग वाणिज्य संघको नेतृत्वमा भैरहवामा संविधान संशोधन प्रस्तावको विरोधमा विशाल प्रदर्शन भएको थियो ।

    15284899_904962286305012_7012825386086281151_n
    रयालीको नेतृत्वको मोर्चामा अन्य उद्यमी व्यवसायी संगै न्यौपाने पनि थिए । उद्योग वाणिज्य संघमा  विभिन्न विचारमा आस्थावान व्यक्तिहरु सदस्य रहेका छन् । सो कार्यक्रम गर्ने नगर्ने भन्ने विषयमा व्यापाक छलफल पछि कार्यक्रम भएको थियो ।

    मधेसी मोर्चाले भैरहवामा कार्यक्रम नहोस् भन्ने चाहना राखेको र सोही दिन धकधईमा भण्डाफोर कार्यक्रम पनि रहेको थियो । तर धकधइमा भएको भण्डाफोर कार्यक्रम र भैरहवाको प्रदर्शन समाप्त भएकै सांझ उक्त घटना हुनुले धेरैलाई सोचमग्न बनाएको हो । रुपन्देही प्रहरी प्रमुख धानुक भन्छन् “केही न केही हुन्छ भन्ने हामीलाई पहिले नै लागेको थियो । हाम्रो सुरक्षा सर्तकता ब्यापक थियो । तर पनि घटना घट्नु दुखद हो भने तत्काल हतियार सहित मान्छे पक्राउ पर्नु गुड न्यूज हो । ”

    घटना कसले घटायो , किन घट्यो भन्ने विषयमा अहिले सम्म अन्यौलता सृजना भएको छ । यद्यपी घटना जसले गरयो त्यो अपराधी भएकोले तत्काल प्रहरीले निश्पक्ष छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाहि गर्नुपर्ने मधेसी मोर्चाका नेता महेन्द्र यादबको जोड छ । अपराधी कुनै पनि पार्टिको सदस्य हुन नसक्ने जिकीर गर्दै मोर्चाका अर्का नेता ओमप्रकाश यादव गुलजारीले भने “अपराधी अपराधी नै हो । अपराधीलाई कारबाहि गर्ने कार्यमा हाम्रो सहयोग हुन्छ । ”

    यता घटना भएको एक हप्ता सम्म कुनै ठोस उपलब्धी नभएको भन्दै सिद्धार्थ उद्योग वाणिज्य संघले प्रहरी प्रशासनको ध्यानकर्षण गराएको छ । संघको एक टोली शुक्रबार जिल्ला प्रहरी कार्यलय पुगी घटनाको अनुसन्धामा तिब्रता दिन आग्रह गरेको संघका कोषाध्यक्ष जिवलाल अर्यालले जनाए । अर्यालले भने “हामीले छिटो भन्दा छिटो अपराधी पत्ता लगाइ कारबाहि गर्न माग गरेका छौं ।

    यदि कहि कतैबाट ढिलाई भए मुलुकभरका निजी क्षेत्र र सो संग सम्बद्ध उद्योगा वाणिज्य संघ नै आन्दोलित हुने अवस्था नआओस् भन्ने कामना पनि गरेका छौं ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.