लुम्बिनीखबर
भैरहवा, मंसिर २६ । प्राज्ञिक विद्यार्थी परिषद नेपालले स्थापना दिवसको अवसर पारेर राष्ट्रका लागि युवा नामक बृहत जनजागरण र्याली भैरहवामा सम्पन्न गरेको छ । भैरहवाको बुद्धचोक देखि सुरु भएको र्याली भैरहवा बहुमुखी क्याम्पसमा गई समापन भएको थियो ।

विभिन्न प्लेकार्ड बोकेको र्यालीमा देशका लागि युवाले सकारात्मक काम गर्न आवश्यक रहेको भन्दै विभिन्न नाराहरु समेत लगाइएको थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरुले देश र राष्ट्रका निम्ति उज्जवल भविष्यको सोचका साथ अगाडि बढ्नुपर्ने मन्तव्य राखेका थिए ।
भैरहवा बहुमुखी क्याम्पसमा पुगेको र्याली समापनको प्रक्रियामा अगाडि बढेको थियो ।
समापन कार्यक्रममा बोल्दै परिषदका राष्ट्रिय महासचिव रमेश कंडेलले युवा पिँढीहरुमा देश प्रतिको चिन्तन हराउँदै गएको र व्यक्तिगत स्वार्थका लागि विभिन्न भातृ संगठनहरुले देशमा द्वन्द्व सृजना गर्ने खालका मानसिकताहरु भर्दै गइरहेकोमा चिन्ता ब्यक्त गर्दै युवाहरुको सकारात्मक प्रयोग हुनुपर्ने बताए ।
परिषदका राष्ट्रिय सचिव एवम विभाग संगठन सचिव छितराज न्यौपानेले परिषदको आवश्यक्ताको बारेमा जानकारी दिँदै युवाहरुले सामाजिक सञ्जालमा देश प्रति आक्रोश पोख्नु भन्दा फिल्डमा युवाहरुको बढी आवश्यकता रहेको बताउँदै परिषदले आगामी दिनहरुमा चरित्रवान तथा नैतिकवान व्यक्ति निमार्ण गने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा परिषदका भैरहवा बहुमुखी क्याम्पसका संयोजक ऋतुराज सिंह, रुपन्देही क्याम्पस संयोजक तथा नगर छात्रा प्रमुख आयुषा पाण्डे, भैरहवा नगर सदस्य कल्पना भण्डारी लगायतले आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा अतिथीहरु भैरहवा बहुमुखी क्याम्पसका अध्यापक केशव शर्मा बेल्बासे, परिषदका राष्ट्रिय सचिव सुभेन्द्र प्रसाद यादव, जिल्ला सह संयोजक गोमा खत्री, परिषदका सुभचिन्तक सञ्जय गुप्ता लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको संयोजक एवम कार्यक्रम समापन भैरहवा नगर सचिव अनुराग पाण्डेले गरेका थिए भने कार्यक्रमको सञ्चालन भैरहवा नगर कोषध्यक्ष तथा भैरहवा बहुमुखी क्याम्पस विज्ञान संकायका छितिज पाण्डेले गरेका थिए ।