logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    भैरहवामा हजारौँको सहभागितामा मनाइँदै मोहम्मद जयन्ती (फोटोफिचर)


    २७ मंसिर २०७३ , सोमबार

    भैरहवामा हजारौँको सहभागितामा मनाइँदै मोहम्मद जयन्ती (फोटोफिचर)

    img_1720
    नरेश के.सी.
    भैरहवा, मंसिर २७ । मुस्लिम धर्म दर्शनका प्रणेता पैगम्बर मोहम्मदको जन्म जयन्तीको अवसरमा खुशी प्रकट गर्दै मुस्लिम धर्मावलम्बीहरुले रुपन्देही सदरमुकाम भैरहवामा खुशी साटासाट गरेका छन् ।
    मोहम्मदलाई विभिन्न रंगी बिरंगी प्लेकार्डमा शुभकामना सन्देश दिँदै हजारौँको संख्यामा सहभागीहरुले मुस्लिम धर्मका पिताप्रति श्रद्धा व्यक्त गरेका हुन् ।

    img_1722

    उनको जन्म जयन्तीको अवसरमा हुस्सु र कुइरोले ढाकिएको भैरहवाको सडकमा शीतलहरको प्रवाह नगरी सोमबार एकाबिहानै बालबालिका तथा वृद्धहरु समेत नेपालको राष्ट्रिय झण्डा र मुस्लिम धर्मका विभिन्न सन्देश लेखिएका झण्डा एवं ब्यानर सहित सडकमा निस्किएको मुस्लिम समुदायका अगुवा इरफान वारिसले जनाए । भैरहवा बहुमुखी क्याम्पसका लेक्चरर समेत रहेका वारिसले भने “विश्व समुदायले अंगीकार गर्दै आएको महत्वपूर्ण मुस्लिम धर्म दर्शनका पिता मोहम्मद जयन्तीको अवसरमा भैरहवामा स्वतःस्फूर्त रुपमा हजारौँको संख्यामा मानिसहरु खुशी साटासाट गर्नु सकारात्मक सन्देश हो ।”

     

    img_1726

    सन् ५७० मा मक्का हेजाज अरेबिया (हालको साउदी अरेबिया) मा जन्मिएका मोहम्मदको ८ जुन ६३२ मा मदिनामा देहावसान भएतापनि उनले प्रतिपादन गरेको धर्म, दर्शन र शिक्षाका कारण अहिलेसम्म उनी जीवन्त रहेको संस्कृतिविद् प्रा.डा. गितु गिरी बताउँछन् ।

    img_1738

    मुस्लिम अगुवाका अनुसार नेपालको सामाजिक सहअस्तित्व कायम गर्न र आपसी भाईचारा अभिवृद्धिको लागि पैगम्बर मोहम्मदको सन्देश महत्वपूर्ण रहेको छ । मुस्लिम समुदायको सहभागितामा मदिनाको फोटो र सरकारकी आमद मरहवा, दिलदारकी आमद मरहवा, भनेर ठूलो ¥यालीसहित भैरहवामा बजार परिक्रमा गरिएको हो ।

    img_1735-copy img_1734-copy img_1730-copy img_1727 img_1727-copy img_1726 img_1723-copy

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.