logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ


    २८ मंसिर २०७३ , मंगलबार

    udayaram

    उदयराम पौडेल

    वास्तवमा प्रचलित नेपाली उखान हो र यसको शाब्दिक अर्थ र भावना के हो, मलाई थाहा छैन  । तर सामान्य रुपमा भन्दा आँधी बेपरित पुल भन्ने भावको विश्लेषण भएको छ, अर्थात जनभावना विपरीत सरकार चल्दैछ भन्ने भावनाको प्रतिनिधित्व गर्दैछ  । घटनाक्रम र व्यवहारले सरकार देश र जनभावना अनुकूल चल्न सकेको छैन, कारण आफ्नोे वास्तविक स्वरुप र भू राजनीति तथा अवस्था र परिस्थितिलाई बिर्सेर कसैको ईशारामा नाच्न थालेको होकी भनने जनतामा आशंका पैदा भएको छ  । किनभने हाम्रो प्रकृति र भूगोल, सुगम र दुर्गम हिमाल, पहाड र तराईलाई मिलाएर वैज्ञानिक हिसाबले सीमा निर्धारण गर्न स्वतन्त्र रुपमा भूपू न्यायधिशको अध्यक्षतामा भूगोलविद, अर्थविद, समाजशास्त्री र कानुनविदहरुको शक्तिशाली आयोग बनाएर देश र जनहितको पक्षमा सीमा निर्धारण गराउनुपर्दछ  । सरकार आफै धामी र आफै बोक्सी बन्नुहुँदैन, देश कुनै पनि वर्ग विशेषको होईन, सबैको साझा फूलबारी हो  । कसैले पनि हठ गर्नुहुँदैन ।

    जहाँ सम्म राजनीति र दलहरुकोे प्रश्न छ, देश र जनता भन्दा दलीय राजनीति स्थूल हुन सक्दैन  । मूल कारण राजनीतिक दलहरुले आफूलाई सर्वेसर्वा सम्झने प्रवृत्ति नै गलत छ  । किनभने राजनीतिक दलहरु देश र जनताका सेवक हुन्, सर्वेसर्वा होइन निमित्त मात्र हुन्  । यही कुरा नबुझेरै समस्या खडा भएको छ  । जसले गर्दा देश नै कमजोेर भएको छ, सरकारको निर्दिष्ट लक्ष्य र उद्देश्य नै छैन, हचुवाको भरमा जथाभाबी गर्दैछ  । कुनैपनि भरपर्दो आधार नै छैन, बिना आधारमा हिँड्दैछ, न त कानुनी आधार छ न त नैतिक आधार छ  । न त व्यवहारिक पक्ष नै छ, न त कुनै आदर्श नै छ, न त कुनै सैद्धान्तिक पक्षमा आधारित छ  । बिना मेसै घन घोटी बञ्चरो बनाउनेतर्फ दौडिरहेको छ  । झुटैझुटको पर्खाल खडा गराएको छ, देशको ढुकुटी नेताहरुको पक्षमा बिरामीको बहानामा जथाभाबी खर्च गरेको छ  । तर गरिबले उपचारको उपयोग गर्न पाउँदैन, के यस प्रकारको नियत न्यायपूर्ण छ ?

    एउटा उखान छ, कुकुरले आफ्नो पुच्छर हल्लाउँछ, तर पुच्छरले कुकुरलाई हल्लाएकोे अनौठो र अचम्मलाग्दो दृश्य देखिँदैछ यहाँ  । बहुमतको मान्यता र अल्पमतको कदर, विपरीत राजनीति पोखिएको छ, सैद्धान्तिक पक्ष के हो  । प्रजातन्त्र र लोकतन्त्रको अभिप्राय के हो ? विधि विधानको शासन भनेको बहुमत माथि अल्पमतको शासन सत्ता हो कि ? जबरजस्ती गर्ने राजनीति प्रक्रिया हो  ।

    हामी जस्तो साधारण मस्तिष्कले बुझ्न सक्ने प्रश्न भएन  । शायद हाम्रा राजनीतिज्ञ बाबुहरुलाई थाहा होला  । किनभने उनीह सर्वज्ञ छन्, नजानेको केही छैन  । उल्टोपाल्टो फट्याईँ, छुल्याईँ आदिको विशेषज्ञ नै हुन्  । त्यसैले त नेता बनेर देश हाँक्दै छन्, जनतामाथि फुटबल खेल्दै छन्, कहिले उत्तर जा कहिले दक्षिण जा, कहिले ५ नम्बर पैदेशमा बस, कहिले ४ नम्बर प्रदेशमा जा आदि  । कहिले तराईलाई अलग गर, कहिले पहाड र तराई सँगै बस, कहिले अलग हौ आदि आदि भन्दैछन्  । नेता न ठहरे जे भनेपनि भयो, उनीहरुलाई भाँडभैलो मच्चाउने छुट्छ, कानुन लाग्दैन, गरिबलाई हो  ।

    प्रकृतिको पनि नियम छ, आफ्नै नियमको परिवेशमा सक्रिय हुन्छ, तर हाम्रा राजनीतिज्ञ बाबुहरुको कुनै नियम छैन, नियम बनाउने सर्वज्ञ नै ठहरे  । के को नियम जनतालाई कानुन लाग्छ, नेता र उनैका चम्चालाई कानुन लाग्दैन, बलियालाई सत्ता गरीब सर्वसाधारणलाई कानुन  ।
    यस्तै छ नेपालको कान्न अपराधीलाई धुरी सर्वसाधारणलाई गोली  । धन्य हुन् हाम्रा बाबुहरु लोकतन्त्रका रक्षक, जनता र देशका भक्षक, विकास गर्न नसकेपनि देशको ढुकुटी उडाएको २०५१ देखि २०७३ सम्म २३ वर्ष भयो, सबैले मानेकै छन्, धन्यवाद टक्राउँदछु  । हिजो भन्नाले २०७३ साल मार्ग १७ गते बुटवल नगरीमा भएको जनसागर के हो, विरोध हो कि सपोर्ट, राजनीति हो कि, कुटनीति  । यसको अभिप्राय के हो ? यदि सरकारलाई सुनाउन गरिएको हो भने खुट्टाले टेकेर खडा भएको छैन  । अरुको ईशारामा खडा भएको हुनाले सन्ततिहरुको मर्मरुपी पीडा सुन्न सक्दैन  ।

    एउटा सबैले बुझ्नुपर्ने मूल कुरा छ, माओवादी त जनक्रान्तिको नाउँमा देश र जनता लुट्न सम्म लुट्यो  । तर आफ्नै बलबुतामा होईन, कसैको ईशारामा ग¥यो र कसैको ईशारामा शान्ति सम्झौतामा आयो  ।
    तर उसले कसैको आडमा जात जातिलाई राज्य बाँड्दै गैर जिम्मेवारी काम ग¥यो  । तर एमाले र नेपाली कांग्रेस त जिम्मेदार थिए, तर देशका लागि जनजीवनका लागि आफ्नो अडान र राजनीति संकल्प तथा अठोट गर्न सक्नुपथ्र्यो  । तर सकेनन्, आ –आफ्नै राजनीति दलीय स्वार्थमा यीनिहरु पनि डुब्थे  । देश र जनताको पक्षमा अडान लिएर ५ विकास क्षेत्रलाई ५ वटै राज्यमा परिणत गर्नुपथ्र्यो, तर गरेन  । यही कमी कमजोरीकै कारण बाहिरी हस्तक्षेप बढी भयो  । सबै राजनीतिक दलहरुले आफ्नो अडानमा बस्न सकेनन्  । सत्तामोहकै कारण आफ्नोपनलाई बिर्सिदिए  ।  अब बिग्रिसक्यो, कठोर निर्णय लिनुपर्ने अवस्था र परिस्थितिको सृजना हुँदैछ  । के यसका लागि दलहरु तयार छन्  ।

    निष्कर्ष, वर्तमान राजनीतिक दलहरुले आफ्नो क्षमता, सामथ्र्यता र विश्वसनीयता तथा ईमानदारिता, जनताको नजरमा गुमाईसकेका छन्  । अहिलेको परिस्थिति सम्हाल्न सक्ने क्षमता कुनै पनि दलमा देखिएको छैन  । सबैभन्दा खराब पक्ष हो,कुनैपनि दलमा आत्मबल र आफ्नोपन तथा देश र जनताप्रति विश्वासको कमी छ  । त्यसैले गर्दा देशमा शान्ति सुरक्षाको स्थिति दिन प्रतिदिन खिइदै गएको छ  । आज राजनीति यति खल्लो भयो कि नुन नहालेको दालजस्तै भएको छ  । न त लाज, न त घिन, न त सरम, न त ईज्जत न त नैतिक न त मान मर्यादा, जताततै भ्रष्ट भएर गन्हाएको छ  । भ्रष्ट र अपराधी तत्व हावी भएको छ, दण्डहीनता जुर्मुराएको छ, विधि विधान, कानुन नियम निष्क्रिय भएका छन्  । शान्ति सुरक्षा भङ्ग भएको छ, सबैमा सदुबुद्धि आवस् यही कामना गर्दछु  । हरि ओम तत्सत्  ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.