logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    अरु धर्मावलम्बीभन्दा हिन्दु कम पढेलेखेको !


    १ पौस २०७३ , शुक्रबार

    अरु धर्मावलम्बीभन्दा हिन्दु कम पढेलेखेको !
    KATHMANDU, NEPAL - OCTOBER 11: Crowd of Hindu people celebrating the first day of the Dasain festival on the streets of Kathmandu. On October 11, 2013 in Kathmandu, Nepal.
    KATHMANDU, NEPAL - OCTOBER 11: Crowd of Hindu people celebrating the first day of the Dasain festival on the streets of Kathmandu. On October 11, 2013 in Kathmandu, Nepal.

    KATHMANDU, NEPAL – OCTOBER 11: Crowd of Hindu people celebrating the first day of the Dasain festival on the streets of Kathmandu. On October 11, 2013 in Kathmandu, Nepal.

    पुस,  काठमाडौं । हालैका वर्षहरुमा विश्वभरका धर्मावलम्बीहरुको साक्षरता बृद्धि भएपनि अरु धर्मावलम्बी भन्दा कम पढेलेखेको रहेको एक अध्ययनले देखाएको छ ।

    प्यू रिसर्च नामक संस्थाले गरेको अध्ययनले अरु धर्म मान्ने मानिसहरु भन्दा हिन्दु धर्मावलम्बी कम साक्षर देखिएका हुन् । १५१ देशको राष्ट्रिय जनगणनालाई लिएर गरिएको अध्ययनमा २५ वर्ष वा सोभन्दा माथिका हिन्दु धर्मावलम्बीलाई समावेश गरिएको थियो ।

    अध्ययन अनुसार विश्वभरका मानिसहरुले औपचारिक शिक्षाका लागि औसतमा ५.६ वर्ष स्कुलमा विताउने गरेका छन् ।

    तर, ४१ प्रतिशत हिन्दु भने कहिल्यै स्कुल गएका छैनन् । साथै हिन्दु समुदायमा लैङ्गकि विभेद कम हुँदै गएपछि शिक्षाको सवालमा महिला र पुरुषबीचको खाडल पनि ठूलो देखिएको छ ।

    प्यू रिसर्च सेन्टरले हालै सार्वजनिक गरेको ‘संसार भरका धर्म र शिक्षा’ नामक १६० पृष्ठ लामो रिपोर्टले प्रमुख धर्मावलम्बी मध्ये यहुदीहरु सबैभन्दा बढी शिक्षित रहेको देखाएको हफिङ्गटन पोष्टमा समाचार छ ।

    मुसलमान महिलाहरुले औषतमा ४.९ वर्ष स्कुलमा अध्ययन गरेका हुन्छन् भने पुरुषले ६.४ वर्ष स्कुलमा अध्ययन गरेका हुन्छन् ।

    तर, हिन्दु महिलाले ४.२ वर्ष स्कुल अध्ययन गरेका छन् भने पुरुषले ६.९ वर्ष स्कुल अध्ययन गरेका छन् । हिन्दु महिला मध्ये ५३ प्रतिशत कहिल्यै स्कुल गएका छैनन् । तर, पुरुषमा यो अनुपात २९ प्रतिशत मात्र छ । यसले पनि महिला र पुरुषबीचको असमानता बढी छ ।

    संसारभरका हिन्दुहरु मध्ये ९४ प्रतिशत भारतमा बस्छन् भने नेपालमा २.३ र बंगलादेशमा १.२ प्रतिशत बस्छन् । भारतका हिन्दुहरुले औषतमा ५.५ वर्ष स्कुल गएका हुन्छन् भने नेपालमा ३.९ र बंगलादेशमा ४.६ वर्ष स्कुलमा अध्ययन गरेको पाइएको छ ।

    तीन देशबाहेकका हिन्दुहरुको शैक्षिक स्तर भने निकै उच्च देखिएको छ । विशेष गरी एसिया प्रान्त क्षेत्रमा अल्पमतमा रहेका हिन्दुहरु आफ्नो देशका सबैभन्दा शिक्षितमा गनिन्छन् ।

    अमेरिकाका हिन्दुहरु भने औसत १५.७ वर्ष स्कुल गएका हुन्छन् । उनीहरु यहुदीहरु भन्दा पनि शिक्षित छन् । त्यहाँँ यहुदी १४.७ प्रतिशत स्कुल गएका हुन्छन् । जबकी अमेरिकाकै औषत १२.९ मात्र छ । युरोपमा हिन्दु धर्मावल्बीहरु १३.९ वर्ष स्कुल गएका हुन्छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.