लुम्बिनीखबर
भैरहवा, पुस २३ । भैरहवा क्षेत्रमा रहेका क्रियाशिल पत्रकारहरुको साझा संस्था लुम्बिनी प्रेस क्लब सिद्धार्थनगरले अंग्रेजी नयाँ वर्ष २०१७ को अवसर पारेर वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

क्लबको अक्षय कोष अभिवृद्धि तथा नेपाली मौलिक संस्कृतिको जर्गेना गर्ने उद्धेश्यले सांस्कृतिक कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष माधव ढुंगानाले बताए ।
नयाँ वर्षमा गरिएको सांस्कृतिक कार्यक्रम मार्फत समाजलाई एकताबद्ध र उर्जाशील बनाउन सहयोग पु¥याउने क्लबका उपाध्यक्ष तथा सांस्कृतिक कार्यक्रमका संयोजक दिपेश पछाईले जानकारी दिए ।
राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहेको कार्यक्रममा लोक तथा आधुनिक गीत र नृत्यद्वारा दर्शकहरुलाई मनोरञ्जन दिनुका साथै सकारात्मक मनोभाव पैदा गराएको क्लबका कार्यसमिति सदस्य माधब न्यौपानेले बताए ।

सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकार लोक गायक पशुपति शर्मा, आधुनिक गायक रमेशराज भट्टराई, शशी रावल, हाँस्यकलाकार पाँडे र जिग्री , शिलु भट्टराई, प्रिया भण्डारी, सञ्जय सौगात, रेणु राना मगर, पवित्रा थापा, ब्लु डाइमण्ड सोसाइटीबाट नृत्य र आधुनिक बिबोइङ डान्स र भोजपुरी नृत्य रहेको थियो । दर्शकहरुको बाक्लो उपस्थिीति रहेको उक्त कार्यक्रममा खाना विविध परिकारको स्टलहरु समेत राखिएको थियो ।

भव्य र सभ्य रुपमा सम्पन्न कार्यक्रम वाट वचेको रकम पत्रकारी कल्याणकारी कोषमा राखिने समेत प्रेष क्लवको सचिवालयले जनाएको छ । दिउसी भैलो वाट रकम संकलन गरि पत्रकार कल्याणकारी कोष स्थापना गरेको क्लवले यसक्षेत्रमा विभिन्न कृयाकलापहरु समेत गर्दै आईरहेको छ ।

पुरानो परम्परालाई तोड्दै क्लबले अव पत्रकार सञ्चारक्षेत्रमा मात्र सिमित नभई सामाजिकक्षेत्रमा समेत कृयाशिल हुन आवस्यक रहेको जनाउदै प्रेसक्लवले शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत कामको सुरुवाती गरेको छ । आर्थिक अभावका कारण समयमा नै उपचार हुन नपाएकी रोल्पाकी सुनकुमारीको वचाउमा अभियान चलाई राज्यको ध्यान आर्कशष गर्न सफल यो क्लवले आगामी दिनमा समेत यस्ता कार्यको निरन्तरता दिने सोच वनाएको क्लवका सदस्यहरु बताएका छन् ।
