logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    भैरहवामा नारीवादी चिन्तकको महिला साहित्यीक सम्मेलन


    ५ माघ २०७३ , बुधबार

    भैरहवामा नारीवादी चिन्तकको महिला साहित्यीक सम्मेलन

    नरेश के.सी.

    भैरहवा, माघ ५ । पश्चिम क्षेत्रमा पहिलो पटक भैरहवामा महिला विषयक् विशेष साहित्यीक सम्मेलन हुने भएको छ ।

    प्रश्रित प्रतिष्ठान नेपालको आयोजनामा यही माघ ६ गते लुम्बिनीको महिला साहित्य विषयक विचारगोष्ठी, स्रष्टासम्मान तथा रचनावाचन कार्यक्रमका भैरहवामा सम्पन्न हुने भएको हो ।

    सो सम्मेलनको तयारी पुरा भएको आयोजक संस्था प्रश्रित प्रतिष्ठानका अध्यक्ष प्रा.डा. कपिलदेव लामिछानेले जानकारी दिए । अध्यक्ष प्रा.डा. लामिछानेका अनुसार नेपाली भाषा र साहित्यको विकासमा विशेष योगदान पुर्याएका महिला साहित्यस्रष्टा गङ्गा सुवेदी (विराटनगर), शुभ श्रेष्ठ (तानसेन), लीला लुइटेल (काठमाडौँ), डा. लक्ष्मी पोखरेल (भैरहवा), सुभद्रा भट्टराई अर्याल (मेचीनगर), सन्तु श्रेष्ठ (बागलुङ) तथा अमृता अनमोल (बुटवल) लाई कविता साहित्य सम्मानबाट सम्मानित गरिने  पनि भएको छ ।

    भैरहवाको लुम्बिनी निर्माण व्यवसायी संघको सभाहलमा हुने उक्त कार्यक्रममा नेपालभरीका नारीबादी चिन्तक साहित्यकारहरुको जमघट हुने र सो कार्यक्रममा नारीबादी चिन्तक तथा प्रसिद्ध साहित्कार मोदनाथ प्रश्रित, प्रा.डा. खगेन्द्र लुइटेल, प्रा.डा. कृष्ण प्रसाद घिमिरे,  डा. बालकृष्ण थापा, डा. सुधन पौडेल, मिश्र बैजयन्ती, कृष्णादेवी शर्मा श्रेष्ठ, कविता पौडेल लगायतको विशेष उपस्थिीति रहनेछ ।

    महिला सशक्तीकरणका निमित्त साहित्य, साहित्यक महिला सशक्त महिला ।। भन्ने मूल नाराका साथ सम्पन्न हुन गइरहेको प्रा.डा. हिरण्य ज्ञवालीले लुम्बिनीको महिला साहित्य लेखन परम्परा र प्रवृति, सहप्रा.डा. शिवप्रसाद पौड्यालले छोरीको चिठी उपन्यासमा, सहप्रा.डा. सुधन पौडेलले कविता पौडेलका उपन्यासमा सास्कृतिक विम्ब विधान, उपप्राध्यापक शालिकराम पौड्यालको रुपन्देहीको नेपाली साहित्यमा महिला साह्त्यिकार  र मिश्र बैजयन्तीले चीरहरण उपन्यासमा गोष्ठीपत्र प्रस्तुत गर्ने भएका हुन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.