लुम्बिनीखबर,
भैरहवा, माघ १८ । व्यवस्थापिका संसदको अर्थ समितिको टोलीले आकस्मिक रुपमा भैरहवा भन्सारको अनुगमन गरेको छ । भन्सारको अनुगमन पश्चात पत्रकार सम्मेलनगरी समितीले भैरहवा भन्सारको राजस्व संकलन दर सन्तोषजनक भएको जनाएको छ ।

समितीका सभापति सांसद प्रकाश ज्वालाले भने “राजस्व संकलन सन्तोषजनक छ तर कर्मचारीको व्यवहार र काम गर्ने शैलीमा सुधारको खाचों देखिएको छ । ” ५४ अर्ब बार्षिक लक्ष्य रहेको भैरहवा भन्सार कार्यालयको राजस्व ६ महिना बित्दा ३५ अर्ब भैसकेकाले उपलब्धि नै मान्नु पर्छ ” उनले ८६ जना दरबन्दी रहेको कार्यालयमा १५० जना कर्मचारी कार्यरत रहदा खर्चदर बढेको जनाए ।
सो अवसरमा सांसदहरुले भन्सारमा रहेको सिसी क्यामराको बारेमा पनि आशंका सृजना गरेका थिए । नवलपरासी, रुपन्देही र चितवनका विभिन्न सहकारीको अनुगमन गरेर सुझाव समेत संकलन गरेको संसदीय टोलीले सहकारीहरु गरिबी निवारणको महत्वपुर्ण पक्ष बन्ने धारणा राखेका थिए ।
उनीहरुले सहकारी सम्बन्धी ऐन निर्माणका क्रममा धेरै क्षेत्रबाट आएको सुझाव र उठेका समस्याहरुका बारेमा स्थलगत अध्ययन गरी राय लिनको लागि टोली जिल्ला जिल्लामा आएको समेत बताए । बुधबार टोलीले जिल्लाका विभिन्न सहकारीहरुको अवलोकनपछि राय तथा सुझाव लिएका हो ।
अर्थ समितिका सभापति प्रकाश ज्वालासहितको टोलीले जिल्लामा भएका सहकारीहरुको अवलोकन गरेको हो । संसदीय टोलीले सहकारी ऐन निर्माणका लागि आएका विधेयकमा दुई सय ९६ वटा संसोधन परेको जानकारी दिए ।
उनीहरुले सीमान्तकृत समुदायले सन्चालन गरेका धेरै सहकारी राज्यकोलागी महत्वपुर्ण जनाउदैं नेपालकै पहिलो बखान सहकारी देखी बुटवलमा सन्चालित सार्कि समुदायले सन्चालन गरको सहकारी नमूना योग्य भएको बताए ।
अर्थ समितिको टोलीमा सभापति प्रकाश ज्वाला, संयोजक केदार संजेल र सदस्यहरु जगदिश्वरनरसिंह केसी, मदनकुमारी साह, गोपाल दहित, कमला पन्त,कृष्णहरि खडका, सुबोधकुमार पोख्रेल, कृष्णहरि खड्का लगायत रहेका थिए ।