logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    भैरहवामा २१ जनाको सामूहिक बेल विवाह


    २० माघ २०७३ , बिहिबार

    भैरहवामा २१ जनाको सामूहिक बेल विवाह

     

    लुम्बिनीखबर
    भैरहवा, माघ २० । नेवारी परम्परा अनुसार भैरहवामा २१ जना नेवारी कन्याको सामूहिक बेल विवाह सम्पन्न भएको छ । नेवाः खल सिद्धार्थनगर भैरहवाको आयोजनामा सम्पन्न बेल विवाह कार्यक्रम नेवारी संस्कार अनुसार पुरोहित हरिशरण राजोपाध्यायले गराएका थिए ।

     

     

     

    पुरोहित राजोपाध्यायका अनुसार रजस्वला हुनुभन्दा अगाडि नेवारी कन्याको बेलविवाह गरेमा उनीहरु शुद्ध हुने गर्दछन् । बेलविवाह पश्चात नानीहरु कहिल्यै विधवा हुनुपर्दैन पछि आफ्ना श्रीमान्को देहावसान भएतापनि रातो रंगको पहिरन लगाउन पाउँदछन् । चन्द्रमानको हिसानबले कन्याको चिना हेरेर गरिने बेल विवाहमा सरिक कन्याको उमेर बिजोर वर्षको हुनुपर्दछ ।


    बेलविवाह गरिसकेपछि नेवारी कन्या कुमारी नभई परिपक्व भएको मानिन्छ । कुमारी छँदासम्म सबै किसिमको छुट पाउने नेवारी कन्याले बेलविवाह पश्चात नेवारी संस्कारलाई बाध्यात्मक रुपमा अवलम्बन गर्नुपर्ने हुन्छ ।


    नेवाः खल परिसर गल्लामण्डी पिपरैयामा बिहीबारदेखि भएको बेल विवाहको मुख्य कर्ता खलका पदाधिकारी तथा सदस्य रहेको राजेन्द्र श्रेष्ठले जानकारी दिए । नेवाः खलको व्यवस्थापनमा २०६३ सालदेखि पुरोहित राजोपाध्यायको उपस्थितिमा बेलविवाह हुँदै आएको खलका कार्यवाहक अध्यक्ष सुवर्णमुनि शाक्यले जानकारी दिए । शाक्यका अनुसार शुक्रबार सोही स्थलमा व्रतबन्धको कार्यक्रम पनि रहेको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.