logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    स्वतन्त्र मधेसी विद्यार्थी युनियनको स्वागत कार्यक्रम


    २६ माघ २०७३ , बुधबार

    स्वतन्त्र मधेसी विद्यार्थी युनियनको स्वागत कार्यक्रम

    सभापतीको उम्मेदवारमा मोहम्वद अलि साझा उम्मेदवार
    भैरहवा,माघ २६ । स्वतन्त्र मधेसी विद्यार्थी युनियन भैरहवा बहुमुखी क्याम्पस इकाई समितिले नबआगन्तुक विद्यार्थी स्वागत कार्यक्रम बुधवार क्याम्पस प्राङगणमा भव्य र सव्य रुपमा गरेको छ ।


    विभिन्न गाउ,टोल र जिल्ला वाट आएका विद्यार्थीहरुका लागी मधेसी दलका विभिन्न विद्यार्थी संगठनहरुले साझारुपमा कार्यक्रम गरि नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेका थिए ।
    स्वागत कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अथिति तथा तराई मधेस लोकतान्त्रीक पार्टीका जिल्ला उपाध्याय,यसक्षेत्रका लोकप्रिय युवानेता अजय कुमार गुप्ताले विद्यार्थीहरु समाज परिवर्तकका संवाहक भएकाले पुरानो परम्परा भत्काउदै नया संरचना निर्माणमा अगाडी वढनुपर्ने बताए ।
    उनलले देश अहिले सक्रमण कालमा रहेकाले पनि विश्वविद्यालयमा हुने अवको स्ववियु निर्वाचन राज्यको निम्ति र पढेलेखेका शिक्षित जमातका लागी योग्य विद्यार्थी नेता छान्ने अवशर आएको विद्यार्थीहरुलाई  बताएका थिए ।
    अहिले हामी २१ औ सताव्दीमा छौ भन्दै प्रमुख अथिति गुप्ता मधेसमा वस्ने सवै मधेसी एकतावद्ध भएर देश र समाजका निम्ति साझा एजेण्डाका साथ अगाडी वढन आवस्यक रहेको औल्याए ।
    हामी जहा वाट आएर यहा बसेका छौ सवै एक हौ भन्दै प्रमुख अथिति गुप्ताले अधिकार विहिनहरुका लागी अधिकार प्रदान गर्न संगै लडन आवस्यक रहेकाले पनि विद्यार्थीहरुले आफ्ना अधिकार पहिचान गर्न सक्ने विद्यार्थी नेतालाई भैरहवा बहुमुखी क्याम्पसमा आगामी स्ववियुको नेतृत्वमा लैजान समेत अनुरोध गरे ।
    कार्यक्रममा संघिय समाजवादी फोरमका जिल्ला सदस्य विद्या यादवले समेत विद्यार्थीहरुलाई साझा एजेण्डा वनाएर क्याम्पस र विद्यार्थीको गुणस्तरिय विकासमा ध्यान दिन आग्रह गरेका थिए ।
    मधेसका युवा नेता प्रशान्त गुप्ताले समेत क्याम्पसमा पढने सवै विद्यार्थी लाई एक भएर अगाडी वढन अनुरोध गर्दै गलत र कुतत्वको विरुद्धमा कदम चाल्न विद्यार्थीहरुलाई हौसाएका थिए ।
    तराई मधेस विद्यार्थी फ्रन्टका केन्द्रिय सदस्य संदिप तिवारीले समेत भैरहवा बहुमुखी क्याम्पसमा आगामी स्ववियु निर्वाचन मधेसीको पक्षमा पार्नका लागी सवै विद्यार्थी नेताहरु एक भएर अगाडी बढन निर्देशित गरेका थिए ।

                              सभापतीका साझा उम्मेदवार मोह्म्वद अलि

    कार्यक्रममा विभिन्न मधेसी दलका नेताहरुको समेत सहभागिता रहेको थियो । सहभागी सवै नेताहरुले आगामी स्ववियु निर्वाचनका लागी भैरहवा बहुमुखी क्याम्पसमा साझा स्ववियु सभापतीमा तराई मधेस विद्यार्थी फ्रन्टका जिल्ला अध्यक्ष तथा भैरहवा बहुमुखी क्याम्पसका विद्यार्थी नेता मोहम्मद अलिलाई उम्मेदवार घोषण गरेका छन् ।
    स्मरणरहोस २०६५ सालको निर्र्माचनमा पनि भैरहवा बहुमुखी क्याम्पसमा मुस्लिम समुदाय कै मोजिव अलिले स्ववियु सभापती जितेका थिए ।
    तराई मधेस विद्यार्थी फ्रन्टका जिल्ला अध्यक्ष मोहम्वद अलिको अध्यक्षतामा भएका स्वागत कार्यक्रममो सञ्चालन बिद्यार्थी नेता चन्दन तिवारीले गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.