logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    मस्जिदको शिलान्यास


    १ फाल्गुन २०७३ , आइतबार

    मस्जिदको शिलान्यास

    लुम्बिनीखबर
    भैरहवा,फागुन १ । रुपन्देहीको बसडिलिवा गाविस वडा नं ८ मा नयाँ मस्जिदको शिलान्यास गरिएको छ । मुस्लिमहरुको धार्मिक स्थल मदिना जामा मस्जिदको शिलान्यास गरिएको मुस्लिम अभियन्ता इद्रिस सेखले बताए ।

    शनिबार मुस्लिम धर्मगुरु ईल मुक्तार अहमद रजा अल बी ले एक कार्यक्रमका बीच मस्जिदको शिलान्यास गरेका हुन् ।
    शिलान्यास कार्यक्रममा मुस्लिम धर्मगुरु हजरत मौलाना सुफी मोहम्मद सिद्दिक साहब, सभासदहरु् ईश्तियाक अहमद खान, जन्नतुन निशा, पूर्वमन्त्रीहरु हकिकुल्लाह खाँ, प्रकाश चित्रकार र समाजसेवी टिपु सुल्तानको आतिथ्यता रहेको थियो ।

    नेपालमा राष्ट्र र राष्ट्रियताको पक्षधर भनेर चिनिने मुस्लिमहरुको विकासका लागि सबै एकजुट भएर अगाडि बढ्न समेत शिलान्यास कार्यक्रममा सहभागीहरुले बताएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.