लुम्बिनीखबर
भैरहवा, फागुन १ । भैरहवा स्थित रहेको अन्र्तराष्ट्रिय क्षेत्रमा नै ख्याति प्राप्त होटल पवन इन्टरनेसनलमा नयाँ व्यवस्थापन आएको छ ।

पर्यटकीय उर्वर भूमि तथा महामानव गौतम बुद्धको जन्मस्थान लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगरमा रहेको होटल पवन विगत दुई दशकदेखी संचालनमा आएपनि आफ्नो आधुनिकतामा भने नयाँ व्यवस्थापनसँगै अपग्रेड भएको छ ।
नयाँ व्यवस्थापनको संचालन गर्नका लागि शिवकुमार यादवको नेतृत्वमा प्रितम पाण्डेको व्यवस्थापनमा होटलको अपरेसन अगाडि बढ्ने बताइएको छ ।
३० जना कर्मचारीलाई रोजगार प्रदान गरिरहेको होटलले त्यसभित्र समेत आफ्नो ब्राण्डलाई विगतदेखि नै उत्कृष्ट साबित गर्दै आएको छ । विक्रम् सम्वत् २०५० सालमा स्थापना भएको यो होटल वि.सं २०७२ साल देखि शिव कुमार यादवले आफ्नो लगानीमा १४ वर्षका लागि लिजमा लिएका छन् । अहिले होटलको रुमदेखि कन्फ्रेन्स हल सम्म पुरै आधुनिकतामा बदलिएको छ । २४ वटा गेस्ट रुम रहेको होटलमा किङ साईज बेडरुम १० वटा, ट्वीन बेडरुम १० वटा र स्वीट रुम ४ वटा रहेका छन् । सबै रुम वातानूकुलित हुन् ।
रेष्टुरेण्ट, बार समेत अत्याधुनिक रुपमा संचालनमा आएको यो होटलमा २५० जना सम्म अटाउने कन्फ्रेन्स हलको समेत निर्माण गरिएको छ । होटलको रुफ टपमा बनाईएको कन्फ्रेन्स हलबाट भैरहवाको दिवा तथा रात्रिकालीन मनमोहक दृश्य समेत अवलोकन गर्न सकिने स्थानीय उदय मल्लिक बताउँछन् ।
फ्रि वाईफाई, तातो चिसो पानीका साथै रुम सर्भिसको व्यवस्था रहेको यो होटलका प्रत्येक रुममा मिनी बारको समेत व्यवस्था गरिएको होटलका संचालक शिवकुमार यादवले जानकारी दिए ।
२५ सय देखी ३५ सय सम्म रुम टेरिफ रहेको यो होटलका सबै रुममा अत्याधुनिक लाइटिङ तथा बेड र पलङहरु रहेको होटलका व्यवस्थापक प्रितम पाण्डेले बताए ।
राग ब्याण्डको प्रस्तुती हुने
नयाँ व्यवस्थापनका साथ अगाडि बढिरहेको होटल पवन इन्टरनेसनलले फागुन ३ गते चर्चित भारतीय राग ब्याण्डलाई भैरहवा निम्त्याएको छ । भैरहवा स्थित रहेको आफ्नै होटलको कन्फ्रेन्स हलमा राग ब्याण्डको भव्य प्रस्तुति हुने समेत होटलका संचालन शिव कुमार यादव बताउँछन् । भारतको बैंगलोरमा रहेको राग ब्याण्डमा नेपालका दुई जना कलाकार समेत रहेका छन् ।
नेपालका प्रताप भट्टराई र हेमन्त भट्टराई सहित लखन खन्ना, सूर्य पोथापन्दी, कार्थिक भाम्सी, रुद्र दिक्षीतको ६ जनाको टोली रहेको ब्याण्ड भारतमा समेत लोकप्रिय मानिन्छ । नेपाली भनिएका दुई जना कलाकार भने भैरहवाकै स्थायी वासिन्दा हुन् । भारतीय चलचित्र तथा म्युजिक भिडियोहरुमा गीत गाइसकेको राग ब्याण्डले दुबई र श्रीलंकामा समेत दर्जनौँ पटक आफ्ना प्रस्तुती दिइसकेको दाबी गरिएको छ ।
हिन्दी चलचित्र ‘जब तक हे जान’ र ‘राँझडा’ रजनीकान्तद्वारा अभिनीत तामिल चलचित्र ‘चोडेयान’, माहिराथान र काडलमा समेत यी कलाकारको स्वर रहेको छ ।हलिउड चलचित्र ‘फुटबलर थर्ड पार्ट’ र द म्यासेन्जर अफ गड थर्ड पार्टमा समेत उनीहरुले आफ्नो स्वर दिएका छन् ।
यी कलाकार मार्फत फागुन ३ गते होटल पवन इन्टरनेसनलको कन्फ्रेन्स हलमा साँझ ६ बजेदेखि १० बजेसम्म हुने सांगीतिक कार्यक्रममा यहाँका स्थानीयहरुले मनोरञ्जन लिने अपेक्षा समेत रहेको छ ।
सय जना स्थानीय भैरहवा बासीलाई उपस्थित गराउन पहल गरिरहेको होटल व्यवस्थापनले सांगीतिक कार्यक्रममा सहभागी हुन टिकटको व्यवस्था समेत गरेको जनाएको छ ।