logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    लुम्बिनीखबरको स्तरोन्नति हुने


    ८ फाल्गुन २०७३ , आइतबार

    लुम्बिनीखबरको स्तरोन्नति हुने

    भैरहवा, फागुन ८ । विगत ७ वर्षदेखि भैरहवाबाट निरन्तर प्रकाशित लुम्बिनीखबर पत्रिकाको स्तरोन्नति हुने भएको छ ।

    लुम्बिनीखबर सञ्चारगृह प्रा.लि.को शनिबार सम्पन्न साधारणसभाले पत्रिकाको स्तरोन्नति गर्दै पत्रिकालाई प्रदेशन स्तरीय बनाउने निर्णय गरेको हो ।

    कम्पनीका सञ्चालक समिति अध्यक्ष थानेश्वर पाण्डे प्रकाश को सभापतित्व तथा प्रबन्ध सञ्चालक गोकुल पोखरेलको सञ्चालनमा सम्पन्न साधारणसभाले अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन तथा आगामी कार्ययोजना समेत पारित गरेको छ । सो अवसरमा सञ्चालक समितिमा सल्लाहकार डा. घनश्याम न्यौपाने, उमेशचन्द्र रिजाल र जगतबहादुर रायमाझीले मन्तव्य राख्दै पत्रिकालाई समय अनुकूल थप व्यवस्थित र खोजमूलक बनाउनुपर्नेम जोड दिएका थिए ।

    साधारणसभाले हाल हप्ताको आइतबार प्रकाशित हुँदै आएको उक्त पत्रिकालाई चैत्र पहिलो हप्तादेखी हप्तामा आइतबार र बिहीबार प्रकाशन गर्ने गरी अर्ध साप्ताहिक बनाउने निर्णय गरेको छ । यसैगरी संचालक समिति सदस्य गोविन्द प्रसाद गिरीको संयोजकत्वमा क्यालेण्डर प्रकाशन र एमडी गोकुल पोखरेलको संयोजकत्वमा स्मारिका प्रशासन उपसमिति पनि गोकुल पोखरेलको संयोजकत्वमा स्मारिका प्रकाशन उपसमिति पनि गठन गरेको छ ।

    वि.सं २०६७ भदौमा शम्भुप्रसाद खनालको अध्यक्षता एवं प्रकाशनमा प्रकाशन हुँदै उक्त पत्रिका संस्थागत रुपमा निरन्तर प्रकाशित एकमात्र पत्रिका हो । प्रिन्ट मिडियाको इतिहास हेर्दा भैरहवा ऐतिहासिक थलो भएतापनि भैरहवा क्षेत्रमा पत्रपत्रिकाले निरन्तरता पाउन नसकेको अवस्थामा लुम्बिनीखबरको प्रकाशनसँगै पछिल्लो समय ७ वटा साप्ताहिक पत्रिका निरन्तर प्रकाशित हुने गौरवको कुरा भएको साधारणसभाले निष्कर्ष निकालेको छ ।

    साधारणसभाको अवसरमा लुम्बिनीखबरको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको भन्दै कर्मचारीहरुमध्ये जानकी थापा (ग्राफिक डिजाइनर), गोपाल शर्मा (मुख्य वितरक) र वितरकहरु कृष्ण खनाल, मूले कुर्मी र जनार्दन यादवलाई सम्मान गरिएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.