logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    रुपन्देहीको सोनारेट मैनहिया सडक खण्डमा १६ करोडको पुल


    १७ फाल्गुन २०७३ , मंगलबार

    रुपन्देहीको सोनारेट मैनहिया सडक खण्डमा १६ करोडको पुल

    विकासकोे पूर्वाधारका लागि सरकार अग्रसर ः मन्त्री बोहरा

    नरेश के.सी.
    भैरहवा, फागुन १७ ।  रुपन्देही जिल्लाको सदरमुकाम भैरहवा देखि उत्तर पश्चिममा रहेको सोनारेट चिल्हिया मैनहिया सडक खण्डमा पक्की पुल निर्माण हुने भएको छ ।

    तिनाउ नदी माथि १ सय ५० मिटर लामो उक्त पुल आरसीसी ब्रिज प्रि स्ट्रेजको हुने डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ । ओपन फाउन्डेसन जग, ११ मिटर चौडाई, पुलको दुवैतर्फ डेढ मिटर क्यारिज वे, चार वटा स्पान रहेको उक्त पुलको शिलान्यास आपूर्तिमन्त्री दिपक बोहोराले मंगलबार विधिवत रुपमा गरेका छन् ।

    कुल १६ करोड ७३ लाख ६७ हजार ८ सय ७६ रुपैयाँ ११ पैसाको लागतमा निर्माण हुने उक्त पुलले तिनाउ पारीका मैनहिया, छपिया, फर्साटिकर, अमुवा, मानमटेरिया गाविसका जनताहरुलाई सोनारेट हुँदै भैरहवा आउन सहज हुने अपेक्षा सहित पुल निर्माण गर्न लागिएको मन्त्री बोहोराले बताए ।

    उनले भने “नेपाल सरकार जनताको सेवा सुविधाको लागि विकासका हरेक किसिमको पूर्वाधार निर्माणको लागि सँधै अग्रसर रहेको छ । ”

    मन्त्री बोहोराले पुल, बाटाघाटा र बिजुलीमा सबै जनताको पहुँच पु¥याई उनीहरुलाई आत्मनिर्भर बनाउने पनि जनाए ।  स्थानीय सडक पुल निर्माण बजेट शीर्षकको ३३७१५७४ शीर्षक अन्र्तगत रही पुलको ठेक्कापट्टा भई मूल्याकंन प्रक्रियामा रहेको उक्त पुल २०७६ सालभित्र निर्माण सम्पन्न भईसक्ने डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीले सो अवसरमा बताए ।


    पुलको शिलान्यासको अवसरमा स्थानीयवासीले वर्षौँदेखिको सपना पुरा हुने भएको भन्दै खुशी व्यक्त गरेका थिए । सो स्थानमा पक्की पुल नहुँदा सोनारेट बसडिलवा, चिल्हियाका मानिसहरुलाई तिनाउ पारी जान र तिनाउ पारीका अमुवा, फर्साटिकर, छपिया, मैनहिया लगायतका गाविसका वासिन्दालाई तिनाउ वारी आउनैका लागि मात्र बेथरी वनगाईको घुमाउरो बाटोको प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो । यद्यपी सो ठाउँमा केही वर्षअगाडि निर्माण भएको झोलुङ्गे पुलले आवतजावतमा केही सुविधा चाहिँ दिएको छ ।

    उक्त अवसरमा राप्रपाका केन्द्रिय सदस्य ताहिर अली, मैनहिया गाविस सचिव ओम मल्ल, डिभिजन सडक कार्यालय बुटवलका  मुक्ति पाण्डे, स्थानीय वासिन्दा लगायतले मन्तव्य राख्दै समयमै पुल सम्पन्न हुने विश्वास व्यक्त गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.