लुम्बिनीखबर
भैरहवा, फागुन १८ । नेपालमा राष्ट्रवादको नामबाट परिचित मुस्लिमहरुको एकता अहिले अगाडि बढिरहेको छ ।

समाजसेवामा होस् वा व्यक्तित्व विकासमा होस्, एकताबद्ध रुपमा अगाडि बढ्ने मुस्लिमहरु आफ्ना मस्जिद र मदरसाहरुलाई समेत संस्थागत रुपमा अगाडि बढाएका छन् ।
वार्षिक रुपमा मुस्लिम संघसंस्थाका हिसाबकिताब चुस्त दुरुस्त रुपमा राखी सार्वजनिक गर्ने गरेका मुस्लिम अगुवाहरुले आफ्ना वार्षिक कार्यक्रमहरुलाई समेत समुदाय समक्ष राखी अगाडि बढ्ने गरेको उनीहरु बताउँछन् ।
शनिबार सिद्धार्थनगर नगरपालिका वडा नं ७ मा रहेको ज्योतिपुन गौसिया रिजारिया अहले सुन्नत नुरुल कोलुल मदरसाको १६ औँ साधारणसभा तथा छैठौँ अधिवेशन गरी मदरसाको विकासका लागि नयाँ नेतृत्व चयन गरेको छ ।
जसको अध्यक्षमा हफिजुल्ला पठान, उपाध्यक्षमा फैज अहमद खान, सचिवमा सेराज आलम, सहसचिवमा मोहम्मद खान, कोषाध्यक्षमा मुसाफिर अली मुसलमान, सहकोषाध्यक्षमा तुखेल पठान, सदस्यहरुमा मोहम्मद हाकिम, नसिमुल्लाह खाँ, एकराम, अब्दुल हकिम, तलाउद्दिन खान, नजाम साकी धोबी रहेका छन् ।
मोहम्मद सिद्दी मौलानाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा भैरहवा बहुमुखी क्याम्पसका स्ववियु सभापति मोजिब अली, जनमोर्चाका केन्द्रिय उपाध्यक्ष बद्री आलम, फोरम लोकतान्त्रिकका ईशा मुसलमान, तमलोपाका नसुद्दिन खानको आतिथ्यता रहेको क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य टिपी सुल्तानले जनाए ।