logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    पक्लिहवा कृषि क्याम्पसमा स्ववियु निर्वाचन हुँदै


    २० फाल्गुन २०७३ , शुक्रबार

    पक्लिहवा कृषि क्याम्पसमा स्ववियु निर्वाचन हुँदै

    आशिष चौधरी
    भैरहवा, फाल्गुन २० । कृषि र पशु विज्ञान अध्ययन संस्थान् पक्लिहवा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । बिहान १० बजे हुने भनिएको निर्वाचन अनेरास्ववियुको विरोध र नाराबाजीको कारणले १ बजे (३ घण्टा ढिलो) सुरु भएको हो ।

    क्याम्पस प्रशासन, निर्वाचन समिति र विद्यार्थी संगठन बीच अन्तिम समयसम्म सहमतिको प्रयास गर्दा पनि सहमती नभए पछि अनेरास्ववियुले गरेको तालाबन्दी प्रशासनले तोडेर निर्वाचन गराएको हो ।

     

    अनेरास्ववियू (क्रान्तिकारी) र ने.वि.संघको संयुक्त प्यानल तथा अनेरास्ववियुले छु्ट्टाछुट्टै उम्मेद्वारी दर्ता गराएका थिए । उम्मेदवारी दर्ता गराएता पनि अनेरास्ववियुले निर्वाचन बहिष्कार गरेको छ ।


    निर्वाचनका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरीले संयुक्त रुपमा क्याम्पसमा सुरक्षा व्यवस्था कडा पारेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.