logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    फागुन २९ मा भैरहवामा एमालेको सभा


    २२ फाल्गुन २०७३ , आइतबार

    फागुन २९ मा भैरहवामा एमालेको सभा

    लुम्बिनीखबर
    भैरहवा, फागुन २१ । नेकपा एमालेको मेचिमहाकालि अभियान अन्र्तगत फागुन २९ गते भैरहवामा सभा हुने भएको छ ।

    सभालाई एमाले अध्यक्ष के.पी शर्मा ओली सहितको शिर्ष नेतृत्वले सम्बोधन गर्ने एमालेका उपमहासचिव विष्णु पौडेलले बताएका छन् । फागुन २१ गतेदेखि झापाबाट शुरु हुने मेचीमहाकाली राष्ट्रिय अभियानले तराईमा एमालेको हैसियतलाई प्रष्ट पार्ने उपमहासचिवले जनाए ।  फागुनको २९ गते भैरहवामा हुने विशाल सभाबाट राष्ट्रभरीका जनतालाई सन्देश पुग्नु पर्ने बताउदै नेता पौडेलले अभियानका क्रममा कुनै पनि कमि कमजोरी नहोस भनेर सवै नेता तथा कार्यकर्ता सचेत हुनु पर्नेमा जोड दिएका थिए ।

    भैरहवामा हुने सभा जनसहभागिताको हिसाबले अत्यन्तै ठूलो, राजनितीक दृष्टिले ऐतिहासीक हुने गरी तयारी थालेको एमाले रुपन्देहीका कार्यवाहक अध्यक्ष पुरुषोत्तम पौडेलले जनाए । भैरहवाको सभालाई भब्य र सभ्य बनाउन एमाले उपमहासचिव पौडेल, नेताहरु दलबहादुर राना, बैजनाथ चौधरी, लिला गिरी, एकराज विक,  आदित्यनारायण कसौधन, खिमलाल भट्टराई, पुष्पाञ्जली उपाध्याय सहितको नेतृत्व रुपन्देहीमा खटिएको छ ।

    फागुन २९ गतेको मेचीमहाकाली राष्ट्रिय अभियानका क्रममा हुने जनसभालाई सम्पन्न गर्न रुपन्देहीमा विभिन्न जिम्मेवारी बाँडफाँड गरेको पार्टीका जिल्ला उपसचिव गोपाल रानाले जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.