नरेश के.सी
भैरहवा, फागुन २७ । मारबाडी समुदाय भैरहवाले श्यामबाबको वार्षिक उत्सव विशेष तरीकाले मनाएका छन् ।

औद्योगिक घरनाको रुपमा परिचीत मारबाडी समुदायले फाल्गुण द्धाद्धासी तीथिको दिनमा उक्त दिवस मनाउदै आएका छन् । भैरहवामा रहेका करिब अढाइ सय मारबाडी परिवारले यो दिवसलाई उल्लासमय तरिकाले मनाएका हुन् ।
श्यामबाबाकौ वाषिक उत्सवमा उनीहरुले भैरहवामा रयाली विहानै रयाली समेत निकालेका छन् ।

भैरहवाका सबै मारबाडी समुदायहरुले हर्षोल्लासका साथ श्यामबाबाको वार्षिक उत्सवमा सहभागी भएको मारबाडी समुदायका अगुवा समाजसेवी क्रृषीकेश अग्रवालले जनाए ।


