भैरहवा, फाल्गुन २५। कृषि र पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसले आयोजना गरेको तीन दिने मत्स्य रोग व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ।
अमेरिकी दातृ निकाय (USAID) र विनरक इन्टरनेस्नलको सहकार्यमा भएको कार्यक्रममा अमेरिकाका मत्स्य विशेषज्ञ डा. हुग थोमफोर्डेले तालिम दिएका थिए ।
तालिम फाल्गुन २३ देखि २५ गतेसम्म भएको र १५ जना कृषि विद्यार्थीको सहभागिता रहेको तालिम संयोजक तथा संचालक पक्लिहवा क्याम्पसका प्राध्यापक शैलेस गुरुङले जानकारी गराए ।
क्याम्पसले विभिन्न समयमा गर्ने यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको प्रयोगात्मक शिक्षालाई थप अभिवृद्धि गराउने र आगामी दिनहरुमा पनि कार्यक्रमहरुलाई निरन्तरता दिईने बताए ।
कार्यक्रममा मत्स्य विकास केन्द्र भैरहवाकी मत्स्य विकास अधिकृत रुची श्रीवास्तव, जिल्ला कृषि विकास कार्यलय नवलपरासीका मत्स्य विकास अधिकृत रिम बहादुर थापा लगायत मत्स्य व्यवसायीहरुको समेत उपस्थिती रहेको थियो ।