ईच्छा सेढाई
भैरहवा,फागुन २७ । महामानव गौतम बुद्धको जन्मस्थान लुम्बिनीको प्रवेशनगरी सिद्धार्थनगरमा अवस्थित भैरहवा वहुमुखी क्याम्पस सवै विद्यार्थीको लागी साझा शैक्षिक सस्था वनेको छ ।

यसक्ष्ँेत्रकै ठुलो क्याम्पस भैरहवा वहुमुखी क्याम्पसमा स्नातक तह देखी स्नाकोत्तर तह सम्म मानविकी, व्यवस्थापन,शिक्षा र विज्ञान संकायका कक्षाहरु सञ्चालन हुन गरेको छ ।
नवलपरासी, कपिलवस्तु, रुपन्देही, पहाडी जिल्लाहरु गुल्मी,स्याङजा, अर्घाखाची र पाल्पा वाट समेत विद्यार्थीहरु अध्ययन गर्न यस क्याम्पसमा आउने गरेको देखिन्छ ।
लगभग २५ सय विद्यार्थी सख्या रहेको यस क्याम्पसमा पश्चिमाञ्चल क्षेत्रकै ठुलो पुस्तकालय समेत भैरहवा बहुमुखी क्यँम्पसमा रहेको छ ।
११ विघा क्षेत्रफलमा फैलिएको यस क्याम्पसमा विद्यार्थीहरुको सुविधाका लागी खेलकुद मैदान, फ्री वाईफाई, ई.लाईवेरी र छात्रवासको समेत व्यवस्था रहेको क्याम्पस प्रशासनले जनाएको छ ।
नेपाली र अग्रेजी दुवै भाषामा पढाई हुने व्यवस्था समेत रहेको यस क्याम्पसमा गरिव, जेहेन्दार विद्यार्थीका लागी छात्रबृती समेत दिने गरेको भैरहवा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अनिल कुमार झाले बताउछन् ।
विज्ञानका लागी आधुनिक प्रयोगशाला र विविएम अध्ययन गर्ने विद्यार्थीका लागी वैज्ञानिक ई.लाईवेरीको सुविधा रहेको भैरहवा बहुमुखी क्याम्पसका पुस्तकालय प्रमुख महेन्द्र पाण्डेले जानाकारी दिए ।
अन्य क्याम्पसमा भन्दा सस्तो शुल्कमा अध्ययन गर्न पाईने यस क्याम्पसमा २३ जना कर्मचारी र ५२ प्रध्यापक रहेको क्याम्पसको रेकडमा देखिन्छ ।
विहान र दिउसोमा कक्षा सञ्चालन हुने भैरहवा वहुमुखी क्याम्पसमा त्रिविका अन्य आंगिक क्याम्पसमा भन्दा विद्यार्थीहरुको राजनिति गतिविधि कम हुने गरेको भैरहवा बहुमुखी क्याम्पसका स्ववियु सचिव चक्र वहादुर थापा वताउछन् ।
माओवादीको दश बर्षे जनयुद्ध, मधेस आन्दोलन र विभिन्न बन्द हडतालमा समेत क्याम्पसको पठन पाठन वन्द नरहेको वताउने क्याम्पस प्रशासनले शैक्षिक गुणस्तरमा समेत यो क्याम्पस नेपालको टप १० मा पर्ने दावि गर्दछ ।
विक्रम सम्वत २०२५ सालमा स्थापना भएको यस क्याम्पसमा उत्पादन भएका विद्यार्थीहरु नेपालको राजनिति देखी कर्मचारी क्षेत्रमा समेत माथिल्लो दर्जामा पुगेका छन् ।
अहिलेका मन्त्री तथा सांसद दिपक बोहरा देखी पुर्व प्रहरी महानिरिक्षक कुवेर सिं रानाले समेत अध्ययन गरेको यो क्याम्पसका विकास लागी भने सरकारी क्षेत्र वाट खासै पहल भएको देखिदैन् ।