गोविन्द प्रसाद गिरी
भैरहवा, फागुन २८ । लायन्स क्लब अफ सिद्धार्थनगर युथले सहयोगको भावनाका साथ बालगृहमा पुगेको छ ।

स्थापनाका दिनहरु संगै सहयोगमा हातहरु फैलाउँदै अगाडी बढिरहेको लायन्स क्लब अफ सिद्धार्थनगर युथले बालगृहमा पुगेर बालबालिकाहरुलाई सहयोग गर्नुका साथै होलि पर्वको शुभकामना समेत व्यक्त गरेको छ ।
“हामी सेवा गर्छौ” भन्ने नारालाई आत्मसाथ गर्दै अगाडी बढिरहेको यो लायन्स क्लबले भैरहवाको सिद्धार्थ बालगृहमा पुगेर त्यहाँ रहेका अनाथ बालबालिकाहरुलाई स्टेशनरीका सामानहरु,होलिमा खेलिने अबिर, पिच्कीरि प्रदान गरेको छ ।
समाज सेवामा कृयाशिल रहेको यो क्लबले विगतका दिनहरुमा समेत रक्तदान, आँखा शिविर र अन्तरक्रिया कार्यक्रमहरु गर्दे आईरहेको छ ।
डिष्ट्रिक ३२५ बी टु का एडभाइजर नवराज न्यौपानेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विभिन्न वक्ताहरुले मन्तव्य राखेका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै एरिया को चिफ राजेश खरेलले भैरहवामा क्रियाशिल रहेका लायन्स क्लव अफ सिद्धार्थनगर युथले समाजमा गरेको कामको सम्मान गर्दे आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।
लायन्स क्लब अफ सिद्धार्थनगरका गाइडिङ प्रेम सेन्चुरीले आर्थिक अभावमा रहेका बालबालिकाहरुलाई सहयोग गर्दा समाजले समेत सम्मान गर्ने भएकाले यस्ता कार्यहरुमा सबै अग्रसर हुन अनुरोध गरेका थिए ।

लायन्सले गरेको सहयोगले बालगृहमा रहेका अनाथहरुका लागी ठुलो सहयोेग भएको जनाउदै सिद्धार्थ बालगृहकी सञ्चालिका कृष्णमाया गुरुङले अभिभावक विहीनहरुका लागी लायन्सले देखाएको जागरुकता प्रशंसनीय रहेको बताईन् ।
आफुले सञ्चालन गरेको बालगृहमा स्थानियको सहयोगले मात्र चलेको बताउँदै गुरुङले विदेशी आईएनजिओको भरमा नपरेको जनाईन् ।
हिजोको दिनमा बालगृह सञ्चालन गर्दा आफुलाई निकै कठिनाई श्रृजना भएको जनाउँदै बालगृह सञ्चालक गुरुङले आजको दिनमा सहयोगी हातहरु बढ्दै गरेकाले सहजता थपिएको बताए ।
कार्यक्रममा लायन्स युथका द्वितीय उपाध्यक्ष अभिनव मयुर कसौधनले बालबालिकाका नास्ताको २० कार्टुन चाउचाउ,आफ्नो जन्मदिनको उपलक्ष्यमा लायन्स युथका सचिव धिरज मल्लिकले ५ हजार रुपैयाँ नगद र लायन्स युथका जनसम्पर्क अधिकारी सुनिल सेन्चुरीले आफ्नो छोरीको जन्मदिनको उपलक्ष्यमा आफुले सम्मान पाएका उपहारहरु बालगृहमा रहेका वालवालिकाहरुलाई प्रदान गरेका थिए ।
लायन्स क्लव अफ सिद्धार्थनगर युथका अध्यक्ष अर्चित श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन युथका सचिव धिरज कुमार मल्लिकले गरेका थिए । सुधा कुवंरको स्वागत तथा संयोजनमा भएको सहयोग हस्तान्तरण कार्यक्रमा ध्वजाको अभिवादन लायन्स युथका सस्थापक सदस्य गोविन्द प्रसाद गिरीले गरेका थिए ।

फ्रिज सहयोग
भैरहवामा रहेको युुनिभर्सल मेडिकल साइन्सेस शिक्षण अस्पतालमा संकलित रगत स्टोरका लागी लायन्स क्लव अफ सिद्धार्थनगर युथले १ सय ६० लिटरको फ्रिज सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाईटीका प्रतिनिधि हरि सापकोटा मार्फत उक्त फ्रिज सहयोग गरेको युथका सुदिप महासेठले जानाकारी दिए ।
युुनिभर्सल मेडिकल साइन्सेस शिक्षण अस्पताल भैरहवामा रहेको रेडक्रसको इकाईमा संकलित रगत राख्नका लागी फ्रिज अभाव भएको खबर थाहा पाए पछि लायन्स युथले फ्रिज सहयोग गरेको हो ।