लुम्बिनीखबर
भैरहवा, चैत्र १ । सरकारले स्थानिय तह पुर्नसंरचना आयोगले तयार पारि वुझाएको स्थानिय तहको सिफारिसलाई संशोधन गरी कार्यान्वयनमा ल्याएको घोषणा गरेको छ ।

स्थानिय तह पुर्नसंरचना आयोगले तयार पारी बुझाएको ७ सय १९ स्थानिय तहको सिफारिसलाई सरकारले संशोधन गरी ७ सय ४४ पु¥याएको हो । जसमा २ नम्बर प्रदेशका ८ जिल्लामा २१ , काठमान्डौमा २ ,बझाङमा र मुस्ताङमा एकएक स्थानिय तह थपिएका हुन ।
नयाँ संरचना अनुसार देशभरमा अहिले ४ महानगरपालिका काठमान्डौ, ललितपुर, भरतपुर र पोखरा रहेका छन् । १३ उपमहानगरपालिका जनकपुर, वीरगञ्ज, कलैया, सिमरा, जितपुर, नेपालगञ्ज, बुटवल, तुलसीपुर, घोराही, विराटनगर, इटहरी, धरान, हेटौँडा र धनगढीलाई घोषणा गरिएको छ ।
देशभरमा २ सय ४७ नगरपालिका र ४ सय ८० गाउँपालिका स्थानिय तहको संरचनाको घोषण समेत गरिएको छ । जसमा रुपन्देहीमा १६ स्थानिय तहमा १ उपमहानगरपालिका, ५ वटा नगरपालिका, १० वटा गाउपालिकामा १ सय ५५ वडा र ८ लाख ७४ हजार ६ सय ६ जनसख्या रहेको स्थानिय तहको रेकर्डमा देखिन्छ ।
१ उपमहानगरपालिकामा बुटवल उपमहानगरपालिका रहेको छ । जसको १९ वटा वडा संख्यामा जनसख्या १ लाख ३८ हजार ७ सय ४२ र साविकको बुटवल उपमहानगरपालिकाको कार्यालय केन्द्र रहेको छ ।
५ वटा नगरपालिकामा देवदह, सैनामैना, सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक र तिलोत्तमा रहेका छन् । देवदह नगरपालिकामा १२ वटा वडा संख्यामा ५३ हजार ५ सय २३ जनसख्या र साविकको देवदह नगरपालिकाको कार्यालय केन्द्र रहेको छ । सैनामैना नगरपालिकामा ११ वटा वडा संख्यामा ५५ हजार ८ सय २२ जनसख्या र साविकको सैनामैना नगरपालिकाको कार्यालय केन्द्र रहेको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकामा १३ वटा वडासख्यामा ७२ हजार ४ सय ९७ जनसख्या र साविकको नगरपालिकाको कार्यालय केन्द्र रहेको स्थानिय तहको रेकडमा देखिन्छ ।
तिलोत्तमा नगरपालिकामा १७ वडा सख्या रहेका छन् । जसको जनसख्या १ लाख १ सय ४९ र केन्द्र पनि नगरपालिकाको साविक कार्यालयलाई तोकिएको छ । सिद्धार्थनगर नगरपालिकामा १३ वटा वडामा ६३ हजार ४ सय ८३ जनसख्या रहेको छ । जसको केन्द्र पनि सिद्धार्थनगर नगरपालिकाको कार्यालय केन्द्र रहने छ ।
जिल्लामा गैडाहवा, कंचन, कोटहीमाई, मर्चवारी, मायादेवी, ओमसतिया, रोहिणी, सम्मरीमाई, सियारी र शुद्धोधन गरी १० वटा गाउँपालिका रहेका छन् । १० वटा गाउँपालिकामा गैडाहवाको केन्द्र साविकको विष्णुपुरा गाविसको कार्यालय, ९ वटा वडासख्या, ४७ हजार ५ सय ६५ जनसख्या रहेको छ । कंचन गाउपालिकाको केन्द्र साविकको गजेडी गाविसको कार्यालय, ५वटा वडासख्या, ३३ हजार ७२ जनसख्या रहेको छ ।
कोटहीमाई गाउँपालिकाको केन्द्र साविकको मझगाँवा गाविसको कार्यालय, ७ वटा वडासख्या र ४१ हजार ६ जनसख्या रहेको स्थानिय निकायको रेकडमा रहेको छ । मर्चवारी गाउपालिकाको केन्द्र साविकको रायपुर गाविसको कार्यालय, ७ वटा वडासख्या र ३८ हजार ७ सय ७६ जनसख्या रहेको छ ।
मायादेवी गाउँपालिकाको केन्द्र साविकको कमहरिया गाविसको कार्यालय, ८ वटा वडासख्या र ४७ हजार १ सय ९६ रहेको छ । ओमसतिया गाउँपालिकाको केन्द्र साविकको हाटिफर्साटिकर कार्यालय, ६ वटा वडासख्या र जनसख्या ३४ हजार १ सय ९१ रहेको छ ।
रोहिणी गाउपालिकाको कार्यालय केन्द्र साविकको धकधई गाविसको कार्यालय, ७ वटा वडासख्या ,जनसख्या ३७ हजार १ सय ७५ देखिन्छ । सम्मरीमाई गाउँपालिकाको केन्द्र साविकको फरेना गाविसको कार्यालय, जनसख्या ३८ हजार ३ सय ५ रहेको छ । सियारी गाउँपालिकाको केन्द्र हर्नेया गाविसको कार्यालय , जनसख्या ३८ हजार ४ सय ६६ रहेको छ । यो गाउपालिकामा ७ वटा वडासख्या रहेका छन् ।
शुद्धोधन गाउँपालिकाको जनसख्या ३४ हजार ६ सय ३८ रहेको छ भने यस गाउँपालिकाको ७ वटा वडासख्या र साविकको मानपकडी गाविसको कार्यालयमा यसको केन्द्र रहेको छ ।