logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    भारतीय ट्रकलाई ओभरलोड बोक्न छुट किन ?


    ९ चैत्र २०७३ , बुधबार

    भारतीय ट्रकलाई ओभरलोड बोक्न छुट किन ?

    लुम्बिनीखबर
    भैरहवा, चैत ९ । नीजि क्षेत्रको ठुलो लगानी रहेको यातायात क्षेत्रमा सरकारले ध्यान नदिँदा व्यवसायीहरु  समस्यामा परेको गुनासो सम्बद्ध व्यवसायीहरुले गरेका छन् ।

     

    लुम्बिनी ट्रक यातायात व्यवसायी सघं सिद्धार्थनगरको शनिबार भैरहवामा भएको छैठो साधारण सभा तथा भवन शिलान्यास कार्यक्रममा बोल्दै व्यवसायीहरुले राज्यले वेवास्ता गर्दा ट्रक यातायात क्षेत्र धरासायी भएको र व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको बताएका थिए ।

    कार्यक्रममा बोल्दै नेपाल ट्रक यातायात व्यवसायी महासघंका अध्यक्ष अर्जुन रानाभाटले राजनैतिक दलहरुको बेला बेलामा हुने बन्द हडतालले गर्दा व्यवसाय सकंटमा परेको भन्दै सडक मार्गलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने बताए । उनले भारतबाट आएका १५।२० बर्ष पुराना र क्षमता भन्दा बढी सामान लिएर आएका ट्रकहरुलाई भन्सार बिन्दुमै रोक्नु पर्ने माग समेत राखेका थिए ।

    भारतीय गाडी भन्सारबाट सिधै समान लिएर नेपालका कुना कुनामा पुग्छन् । उनीहरुले क्षमता भन्दा बढी सामान बोकेका हुन्छन् । तर नेपाली ट्रकहरु भने समान नपाएर थन्किरहेको अवस्था छ,’ उनले भने । एउटा भारतीय ट्रकले बोन्ने सामान नेपाली दुईवटा  ट्रकलाई हुन्छ । यस्तो अवस्थामा राज्यले भन्सार सम्म मात्र भारतीय गाडीलाई ईजाजत दिएर नेपालमा नेपाली गाडीले नै बोक्ने वातावरण मिलाउनु पर्ने उनको माग थियो । नेपाल भित्र ढुवानी गर्न हामी सक्षम छौ । त्यसकारण राज्यले त्यही अनुसारको नीति बनाउनु पर्छ, उनले भने ।

    कार्यक्रममा बोल्दै लुम्बिनी ट्रक यातायत ब्यबसायी सघंका अध्यक्ष बिष्णु प्रसाद खरेलले पछिल्लो समय कृत्रिम आर्थिक अभाव देखाएर बैकंहरुले चर्को ब्याज लिँदा व्यवसाय थप समस्यामा परेको बताए ।

    १० टन क्षमता भएका भारतिय ट्रकले ५० टन बोकेपनि आफ्नै देशको विर्ता सरह निर्बाध गुडेका छन् । तर आफ्नो देशका ट्रक व्यवसायीले लोडिङ्ग स्थलमा नापतौलको व्यवस्था नहुँदा नहँुदै पनि केही मात्रामा तौल बढी भए पनि ट्राफिकलाई चर्काे आर्थिक मुल्य चुकाउन बाध्य छौँ,’ उनले भने । सडकमा यत्रतत्र गाडी रोक्नु पर्ने बाध्यतालाई भरपर्दाे सुरक्षित तथा मर्यादित बनाउन पर्दछ  भन्ने लागेर आफुहरुले नेपाल सरकारबाट ट्रक पार्किङ्ग बनाउन नसकेको अवस्थामा यस संघ र पश्चिमाञ्चल यातायात व्यवसायी समितिले संयुक्त सहकार्यमा पडसरीको मुख्य सडक भन्दा ५ सय मिटर पश्चिममा करिब ४ बिगाहा जमिन लिजमा लिएर आधारभुत भौतिक पूर्वाधार सहितको ट्रक पार्किङ्ग स्थल निर्माण भईरहेको उनले जानकारी दिए ।

    सघंका अध्यक्ष खरेलको अध्यक्षता, महासचिव रुमाखर गौतमको सचांलन तथा बरिष्ठ उपाध्यक्ष मदुसुधन आचार्यको स्वागतमा भएको कार्यक्रममा नेपाल ट्रक यातायत व्यवसायी महासघंका बरिष्ठ उपाध्यक्ष हिरालाल श्रेष्ठ, निवर्तमान अध्यक्ष माधव अधिकारी, महासचिव राजेन्द्र कुमार श्रेष्ठ, ढुवानी व्यवसायी महासघंका अध्यक्ष सन्त बहादुर डुमजन, जिल्ला न्याधिवक्ता कोसहरी निरौला, नेपाली काग्रेस रुपन्देहीका कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, तराई मधेस लोकतान्त्री पार्टीका उपाध्यक्ष अजय कुमार गुप्ता, नेकपा एमालेका जिल्ला सदस्य जिवललाल अर्याल, राप्रपाका आनन्द प्रसाद गुप्ता, नारायणी यातायत ब्यबसायी सघंका बद्री चौलागाई, मजदुर सगंठनका कृष्ण प्रसाद कडेंल, पश्चिमाञ्चल ट्रक समीतीका टिकाराम गौतम, लुम्बिनी ट्रक यातायात व्यवसायी सघंका सल्लाहकार शशी न्यौपाने लगायतले बोलेका थिए ।

    बोल्ने अधिकांश वक्ताहरुले देशको परिवेश ओभरलोड भारतिय ट्रक  रोके र नेपाली ट्रकलाई सुविधा दिनुपर्ने माग राखेको थिए । उनिहरुले भारतिय ट्रकलाई निर्वाध रुपमा ओभरलोड बोकेर हाम्रा सडक बिगार्न दिने हो भने हाम्रा ट्रकलाई ओभरलोडको नाममा सास्ती दिन नहुनेमा जोड दिएका थिए ।

    पत्रकार कर्मचारी सम्मानित
    छैठौ साधारण सभाको अवसरमा लुम्बिनी ट्रक यातायत ब्यबसायी सघंले कर्मचारी तथा पत्रकारलाई पुरस्कृत गरेको छ । यातायात क्षेत्रको समस्या उजागरण र यातायात क्षेत्रको बिकासमा टेवा पु¥याएको भन्दै पत्रकार शारदा मल्ललाई पुरस्कृत गरिएको हो । उनलाई नगद, प्रमाण पत्र र दोसल्ला ओडाई सम्मान समेत गरीएको थियो । कर्मचारी तर्फ सञ्जिव बाबु काफ्ले र चालक तर्फ हरिमोहन चौधरीलाई नगद सहीत पुरस्कृत गरिएको हो । २०६७ साउनमा  ५५ बटा ट्रक सहित स्थापना भएको यो समितिमा हाल ७ सय ४२ बटा ट्रक छन् ।

     

    यसैबीच आफ्नो छैठौ बार्षिक साधारण सभाको पुर्व सन्ध्यामा रक्तदान कार्यक्रम समेत शुक्रवार सम्पन्न गरेको थियो ।  रक्तदान कार्यक्रममा सघंका पदाधीकारी, कर्मचारी तथा ब्यबसायी गरी ३१ जनाले रक्तदान गरेको महासचिव रुमाखर गौतमले जानकारी दिए ।
    सघंका अध्यक्ष बिष्णु प्रसाद खरेलको अध्यक्षता, नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका उपसभापति दिपक क्षेत्री न्यौपाने, पश्चिमाञ्चल ट्रक समिति बुटवलका निवर्तमान अध्यक्ष लोकराज पोखरललगायतले आतिथ्यता रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.