logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    वक्तृत्वकलाको उपाधि शान्ति नमुना उच्च मा. वि. लाई


    १६ चैत्र २०७३ , बुधबार

    वक्तृत्वकलाको उपाधि शान्ति नमुना उच्च मा. वि. लाई


    आशिष चौधरी
    भैरहवा, चैत्र १६ । एम्नेष्टी इन्टरनेशनल पक्लिहवा युथ नेटवर्कले आयोजना गरेको अन्तर उच्च माध्यमिक तह जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगिताको उपाधी शान्ति नमुना उच्च माध्यमिक विद्यालयले जितेको छ ।

    कृषि र पशु विज्ञान अध्ययन संस्थान् पक्लिहवा क्याम्पसमा भएको “सामाजिक रुपान्तरणमा वैदिशिक रोजगारीको प्रभाव” विषयक वक्तृत्वकलामा शान्ति नमुना उच्च मा.वि मणिग्रामकी आरती ढकाल प्रथम, कालिका उच्च मा.वि बुटवलकी अमृता अर्याल द्वितिय र मणिमुकुन्द उच्च मा.वि बुटवलका विशाल बस्याल तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।

    सिद्धार्थ साहित्य समाजका अध्यक्ष तथा भैरहवा बहुमुखी क्याम्पस नेपाली विषय प्रमुख डिल्लीराज भट्टराई, भैरहवा बहुमुखी क्याम्पसकी समाजशास्त्र प्रमुख बिमला पोख्रेल र एम्नेष्टी इन्टरनेशनल नेपाल समूह बाह्रका पूर्व अध्यक्ष तथा सल्लाहकार शालिग्राम बञ्जाडेको टोलीले निर्णायक मण्डलको भूमिका निर्वाह गरेको थियो ।

    पक्लिहवा युथ नेटवर्कका अध्यक्ष रामजी पौडेलको अध्यक्षता, पक्लिहवा क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डा. कन्हैया प्रसाद सिंहको प्रमुख आतिथ्य तथा नेटवर्कका सचिव सचिन भट्टराईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको संयोजन सीता जैसीले गरेकी थिइन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.